गृह पृष्ठ

साहित्यलाई समयले प्रभावित पारेकै हुन्छ, समय सापेक्ष सामाजिक, राजनैतिक, धार्मिक, आर्थिक विचारहरूले साहित्य लेखनलाई संचालित गरेकै हुन्छ| यस्तै कुराहरूलाई नियममा बाँधेर लेख्छन् कसैले अनि त्यो नयाँ साहित्यिक आन्दोलन बन्छ|

कसैले भने साहित्य अवधारणाभित्र पनि लेख्छन्| कुनै चिन्तनलाई सोझै नपक्रेर अलिकति टाडा राखेर अमूर्त विचार दिन्छन्, ’cause उसको चेतनामा वस्तु अनि परिघटनाहरूका प्रत्यक्ष संक्रिया भएकै हुँदैनन्, चेतनामा बसेका यस्ता बिम्बहरू अवधारणा हुन्| अवधारणाले वस्तुलाई अर्थ अनि अर्थलाई वस्तुसँग जोडेर विचारको मूर्तता खोज्दछ| अवधारणा व्यष्टिगत संवेदनाहरूका परावर्तनका रूप भए तापनि अभिव्यक्त भएपछि यसको सामाजिक महत्व चिन्तनका सम्भावनाहरू संचालित गर्नु रहन्छ| यसैले अवधारणाको दर्शनशास्त्रमा महत्व हुन्छ|

यो कुरा यस्तै हो अनि यस्तै रूपमा हुनुपर्छ भनेर जोर दिने साहित्य पनि हुन्छन्, ती आग्रही साहित्य हुन्|

तर्कपूर्ण, विधिपूर्वक, एवं क्रमबद्ध विचार राखेर यथार्थलाई सापेक्षिक रूपमा जाँच्ने दृष्टिकोण भित्रपनि साहित्य लेखिन्छन्, त्यस्ता साहित्यहरू दर्शनका व्यवहारिक प्रयोगहरू हुन्, जबसम्म दर्शन हुँदैन, तबसम्म सोच-विचार हुन्छ, जबसम्म सोच-विचार हुन्छ, तबसम्म शंका-कुशंका हुन्छ|

यसरी साहित्यमा प्रयोगहरू भईरहेकै हुन्छन्| त्यस्ता प्रयोगहरू कहाँ, कसले, कसरी गर्दैछन् भनेर हामीलाई थाहा लागिरहेको हुँदैन| साहित्यमा नयाँपन कतातिर प्रवृत्त छ भन्ने कुराको अध्ययन त्यतिकै आवश्यक छ जति साहित्य लेखनमा विचारको आवश्यकता छ। यस्ता गतिमय, विविधतायुक्त, प्रयोगोन्मुख प्रयोगहरूको रुपमा हामी उत्तर-आधुनिकवाद, लिला-लेखन, सार्विकतावाद, अणुकथा इत्यादीलाई लिन सक्छौं।

एकातिर डा. गोविन्दराज भट्टराईले आयामेली आन्दोलनलाई सीधै ‘भ्रान्तिवृक्ष’ को संज्ञा दिएका छन् अनि, तेस्रो आयामकै एक अभियन्ता इन्द्रबहादुर राईबाट उद्घोषित ‘लीलालेखन’ को औचित्य समाप्त भइसकेको ठोकुवा गर्दै उत्तर–आधुनिकताको वकालत गरेका छन् भने अर्कातिर सार्विकतावादको प्रणेता बी पी बजगाईंले उत्तर–आधुनिक भन्ने शब्द नै गलत भएको बताएका छन्। लिला-लेखन सत्यको अस्तित्व मान्दैन भने सार्विकतावादले सापेक्ष सत्यको वकालत गर्छ।

यसैले त्यस्ता कुराहरू नेपाली भाषी पाठकहरूमा पस्किन विचार सङ्कलनलाई ई-पत्रिकाको रूपमा ईस्वी सन् २०१० मा अघि ल्याइएको हो| यस्ता प्रयोगहरुभित्र लेखिएका कथा, कविता, समालोचना तथा अन्य रचनाहरुलाई वैचारिक मन्थनको ठेकीमा हालेर मोई पार्ने यन्त्रको रुपमा प्रयोग गर्न यो वेबसाइट समर्पित छ।

 

यस वेबसाइटमा भएका सङ्कलनहरु:

अनुवाद साहित्य

होमर श्रेष्ठ

कथा

इन्द्रबहादुर राई

प्रवीन राई जुमेलि

बी पी बजगाईं

भगवती बस्नेत

कमल खतिवडा

खुसेन्द्र राई

कृष्ण बजगाईं

पारसमणि सम

कविता

राजेन्द्र भण्डारी

बी पी बजगाईं

प्रवीन राई जुमेली

जेकब खालिंग

केवल चन्द्र लामा

दीप्स शाह

निरन्जन अधिकारी

प्रवीण खालिंग

विवश विप्र

भीम रावत

मनोज बोगटी

रुपेश राई

विमल गिरी

सुधीर क्षेत्री

Pravin Rai ‘Jumeli’

Raja Puniyani

मुना मदन

मुना मदनको वेब स्वरुप

कारण

विचार सङ्कलन किन?

विचार/समालोचना

‘यन्त्रवत्’ क्याफेटोरियाबाट देखिएका केही दृश्यहरू – बी पी बजगाईं

‘विवरुका कथाहरु’मा विजय सागरको समाज चेतना – राजेन्द्र पहाडी

अदृष्टि, अवाद अनि अकविता बनेर उभिएका बिबश बिप्रका विचार तरंगहरु – बी० पी० बजगाईं

खेलिबस्छु खेल कति: एक पठन – इन्द्रबहादुर राई

गोर्खाल्याण्ड आन्दोलनको रूपरेखा कस्तो हुनुपर्ने? – बी० पी० बजगाईं

झ्यालभित्र चिहाउँदा मेरो आफ्नै लीलालेखन – बी० पी० बजगाईं

दीप्सको ‘सत्य’: एक समिक्षा – बी० पी० बजगाईं

राजनैतिक–सामाजिक बेथितिमाथिको ‘थकालीझटारो’ – राजेन्द्र पहाडी

रोडम्यापभित्रका कृष्ण बजगाईं – बी० पी० बजगाईं

सन्जु बजगाईंको कथा शैली: एक चिन्तन – बी० पी० बजगाईं

सन्दर्भ भारतीय नेपाली जातिको परिचय अनि राष्ट्रियताको – बी० पी० बजगाईं

समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन -पारसमणि शम

सार्विक सत्यमा उभिएर खगेन्द्र पन्धाकको ढुङ्गा बोल्छ – बी० पी० बजगाईं

सार्विकतावादका जनक बी० पी० बजगाईंसँग कुराकानी – पदम पराजुली, भाषा विशेषज्ञ 

हिउँको तन्ना ओच्छ्याएर बसेका कवि कृष्ण बजगाईं -बी पी बजगाईं

Power Project in Sikkim: Potential environmental impacts – B. P. Bajgain

सार्विकतावाद

सार्विकतावादको घोषणापत्र

 नाटक

क्रान्ति नयाँ बिहानीको

Advertisements