सन्जु बजगाईंको कथा शैली: एक चिन्तन

– बी० पी० बजगाईं

जब जीवनमा हाम्रो सामु केही घटित हुन्छन्, हामीलाई भ्रम पनि लाग्न सक्छ,
यथार्थ पनि लाग्नसक्छ| तर प्रत्येक घटनासंग हाम्रो वर्तमानको वस्तुताहरु
उभिएका हुन्छन्| यसैले समयलाई फ्रीज गरेर हेर्ने हो भने सापेक्षिक
यथार्थभित्र हाम्रो मष्तिष्कको मध्य भागमा भएको Inferior Colliculus
Region मा घटनाको दृश्य र ध्वनी वस्तुताको भार अनुरुप प्रभावी भइरहेका
हुन्छन| सर्विकतावादले हेरेको वैज्ञानिक झ्यालभित्रको दृश्यमा कथाकार
सन्जु बजगाईंले Ventriloquists-ले गुडियासँग बोलेको झैं कथाहरुमा
दृश्यहरु कम देखाए तापनि आफ्ना लेखनभित्र प्रभावी वस्तुताहरु अनेक
देखाएकी छन्| सशक्त अभिव्यक्ति दिन प्रतीकलाई आधुनिक रुपमा राख्न सक्षम
उनले आफ्नो कथा ‘समुद्र र सपना’ –मा कान्छ्यामालाई उभ्याएकी छन्|
कान्छ्यामा अभिव्यक्ति हुन् वर्तमान बाँचेको जीवनको अनि हुन्
Phenomenalistic Introspection को पहाडलाई काटेर बग्ने वर्तमान बोकेको
पानीले भरिएको गाग्रो| यसैले त उनी कथाकार सन्जु ज्यूको अघि बाँधेर
राखेका रहरहरु असरल्ल फुकाउन सक्दछिन| नेपाली लेखन शैलीमा वस्तुता
प्रभावी भएका कथाहरुको न्यूनतालाई मेटाउन थप उत्साह आफ्ना रचनाहरुमा
बजगाईंले दिएकी छन्|
“तमोरमा जलाएका लाशहरु पक्कै यहीं आईपुग्दा होलान् हगि?” कान्छ्यामाको यस
प्रश्नमा वस्तु उभिएकी कान्छ्यामा अबोध फाँटमा उभिएकी छन् भने वस्तुता
बोकेकी कथाकारले भूमण्डलीकरणको प्रभावलाई दर्शाएकी छन्| यसै कारणले
कान्छ्यामाले हाफ पाईन्ट लगाउँदा पनि असजिलो नलागेर म्याडम म्वाजहरु
जस्तो देखाउन सकेकी हुन् उनले|
“सबै छल गर्ने सडक मध्यको “मिराज” हो। मेरा लागि कोही भएनन्। बिगत फगत
मेरो जीन्दगीको एउटा पाटो हो,” भन्दछिन कान्छ्यामा|
एकातिर कान्छ्यामा प्रतिक बनेर उभिएकी छन् “मिराज”-को साहित्यिक खेती
गर्ने विभिन्न सिद्धान्तकारहरु सँग| यहीं नै अर्कोतिर कथाकारले उनलाई
मिराज जिन्दगीको पनि पाटो हुन्छ बोल्न लगाएकी छन्| जिन्दगीको पाटो
(यथार्थ) बोकेको वस्तु भ्रम हुन सक्दैन भनेर स्वयम कान्छ्यामालाई नै
बोल्न लगाउनु कुँदिएको साहित्यको नमुना हो ‘समुद्र र सपना’|
यसरी नै अर्को कथा ‘इर्ष्या’ –मा Being and nothingness भित्र अलल्लिएकी
पात्रा रमिता, कथामा एउटा बस्तु बनेर उभिएकी छ| अस्तित्ववादमा आधारित यस
कथामा पलायन पात्राको नभएर पात्रालाई नचाउने सह-पात्राहरुको छ| यसैले यो
कथा पलायन होइन अनि होइन विसङ्गत वस्तुता|
रमिताको आफ्नो अस्तित्वबोधको पृष्ठभूमिमा एक असहाय निर्बल नारी बोध
उभिएको छ| तर त्यसले दिएको चेतनाले नै उ सशक्त पात्र उभिएकी छ|
“दुलहीले सबै सम्हाल्न सक्छु रमितालाई छोडिदिए हुन्छ भनेकी छन्”, दुलहीको
खबर त्रास हो यहाँ| त्रास सह-पात्रहरुको छ भने कथाकार स्वयंले
conditioning process of fear लाई सह-पात्रहरुमा हालेर अवरोहित
मानिलिइएका सबै परिवर्तनहरुका अर्थक्रियात्मक विरचना गराएर त्यसबाट
उत्पन्न डरलाई व्यावहारिकतावादकै सममूल्यभित्र स्थापित गरेकी छन|
सार्विकतावादी विनिर्माण सम्बन्धमा भएको सूत्रले यसलाई वस्तुताको
मान्यताहरुसँग अन्तरक्रिया मान्दछ|
“मेरो ईमान्दारीता, सुन्दरता, शहनशीलता अनि मभित्रको क्षमताको केही मुल्य
छैन त?” प्रश्नभित्र plausible explanation to the acquisition छ| यहाँ
रमिताले विचारधारात्मक क्रियाशील शक्तिहरुको सम्पर्कबाट आफूलाई विछिन्न
राख्न चाहेकी छैन| रमिताको मनोवैज्ञानिक पक्ष नै सन्जु बजगाईंको कथा
शैलीको सौन्दर्य हो| परम्परावादी लेखन र चिन्तनबाट धेरै माथि उक्लिएर
नयाँ चिन्तन प्रकार बोकेकी छन् उनले आफ्ना कथाहरुमा|
“म ढोका कसरी छेक्न सक्छु? सुवर्णले मलाई बहिनी मान्छ र?” सरल अनि शिष्ट
भाषामा यौन मनोविज्ञान कुदेकी छन् कथामा उनले| सापेक्षताको सिद्धान्तमा
यौनजनीत मानसिकतालाई बोकेकी रमिताको यो भनाइले कथा ‘इर्ष्या’ –मा
विचारलाई उर्जाको रुपमा प्रतिस्थापित गर्दै सौन्दर्य छरेको छ|
कथाकार सन्जु अझै माथिल्लो सैद्धान्तिक पृष्ठभूमिमा उभिएर उनको कथा
‘विद्रोह” मा देखापरेकी छन| “खडेरी परेर केहीमा प्राण छैन। जीवन चाहिएको
छ सबलाई”, बाह्य संसारको अनुभूतिलाई प्रभावी ढंगमा आवश्यकता बुझाउने
प्रयास हुनपर्छ यो वाक्य| थुप्रै सिसिफसहरुलाई झ्याल बाहिर देखेकी छ
पात्र सरलाले| नारीवादी सरला यहाँ स्थापित मान्यताहरुमा क्रान्ति ल्याउने
विगुल हो| भ्रमको बाँझो पल्टाएर सापेक्षिक सत्य खोज्न आधारातमा घरबाट
निस्किएकी उसको प्रत्येक मोड, घुम्ती, दोबाटो अनि चौबाटाहरुमा एक पछि
अर्को गर्दै बिद्रोहहरुसँग जम्काभेट हुनु, विद्रोहको ताँती लामो हुनु आदि
कुराहरुले अस्तित्वका पृष्ठाधार रहेका सबै रुपान्तरणहरुलाई सौन्दर्यमा
परिणत गर्ने प्रशस्त आधार दिएको छ|
बजगाईं भन्छिन, “विद्रोह मध्यरातमै हुन्छ”, अनि मध्यरातको अन्धकारलाई
उज्यालो छर्ने मूलाधार रहेको बोध गराउन बुद्धलाई भेट्नु छ उसले। नारीको
जीवनलाई केन्द्र विन्दु बनाइएको अनि उसको बचाईको वस्तुताले दिएको
irrational fears and anxieties बाट निकाल्ने Energy Psychology को
सिद्धान्तलाई समाउन रोल मोडल पुरुष नै उभ्याउनुलाई “प्राणीको सम्बन्धमा
पुरुषको संरचनाले प्रभुसत्तालाई स्वीकारेको हुन्छ अनि नारीको संरचनाले
वश्यतालाई अनि यसबाट उत्पन्न मनोविज्ञानमा मनको केन्द्र र मूल अंशले यौन
तरंगलाई नियन्त्रित गरेको हुन्छ” भन्ने सर्विकतावादी सिद्धान्तलाई बोकेको
छ| यसैले त बुद्धलाई भेट्नु छ उसले।
रूढ़िवादी व्यवहारिकता विरुद्ध विद्रोह बोल्न सक्षम उनले “बाबुआमालाई
घण्टौ पानी खन्याउन लगायो मन्त्र पढिपढी…., दान गरेको भन्ने स्पष्ट
पारिदियो” भन्दै अनियोजित परिकल्पनाको प्रतिफलनलाई लक्ष्यकै रुपमा राख्न
नसकिने स्पष्ट पारेकी छन् कथाकार बजगाईंले|
अन्तमा वस्तुतासँग जोडिएको चालू प्रयोगहरुलाई परिकल्पना नमान्ने
सार्विकतावादको सूत्रभित्र अर्थ लाग्न पुगेका सन्जु बजगाईंका तीन
कथाहरुमा वस्तुतासँग जोडिएर देखापरेका सकारात्मक नयाँ तथ्यहरुले
समग्रतामा नयाँ वैचारिक वस्तुको निर्माण गरेको छ|  ’cause निर्माण हुन्
गइरहेका यस्ता वस्तुहरु पूर्वनियोजित हुन्छन् तर परिकल्पित चाँहि
हुँदैनन्|

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: