क्रान्ति नयाँ बिहानीको

जरुरी सूचना: यो नाटक मन्चन गर्न चाहनेहरुको निम्ति निशुल्क उपलब्ध छ| यो नाटक केवल सार्क देशहरुमा मात्र मन्चन गर्न दिइने छ| जसले पनि यो नाटक मंचन गर्न चाहन्छन्, उनीहरुले लेखकको लिखित अनुमति कम्तिमा तीन महिना अघि लिनुपर्नेछ| नाटक मन्चन गरिँदा यस नाटकको कुनै पनि संवाद परिवर्तन गरे त्यसलाई अवैध मानिनेछ अनि कानुनी रुपमा मन्चनमा प्रतिवन्ध लाग्नेछ| सूत्रधारको संवाद हैन, कहिले काँही जाग्छ| दार्जीलिंगमा ८६ जागेको थियो, अहिले सम्म निदाएको छ| सिक्किममा त्रिपक्षीय सम्झौता गर्दा ८ मई १९७३ मा जागेको थियो, फेरी अहिले सम्म निदाएको छ…., सम्झौता पडनसम्म भ्याएन त्यो उघ्रेको आँखाले… लाई नाटक मन्चनको स्थान अनुसार लेखक स्वयंले स्थान र काल मिल्दोजुल्दो पाराले परिवर्तन गर्नेछन्| अन्य कसैले पनि परिवर्तन गरेको संवाद मान्य हुनेछैन|

क्रान्ति नयाँ बिहानीको

-लेखक: बी पी बजगाईं

सूत्रधार: जीवन….,ए जीवन….,जीवन…, हन कहाँ गयो यो? जीवन….,ए जीवन….

जीवन: (मन्चमा प्रवेश गर्दै) हजुर सर…, के भन्नु भो सर?

सूत्रधार: हामी यहाँ किन पो आएको?

जीवन: (डायरीको पाना पल्टाउँदै) संदेश बाँड्नु आएको सर, तर अघि आउँदा मिठाई दोकानमा संदेश किन्नु त भुसुक्कै बिर्सिएछौँ नि हगी सर?

सूत्रधार: हैन हौ जीवन, तँ जनताको जनतै रहने भइस्, तेरो बुद्धिको बिर्को पनि कहिल्यै खुलेन? हामी त्यो संदेश बाँड्न आएको होइन क्या त, मेसेज बाँड्न पो आएको त…,

जीवन: मलाई जनता चै नभन्दिनु होस् न् सूत्रधारसर, जनता भन्दा मलाई सार्है हेपेर बोलाएको जस्तो लाग्छ क्या…

क्रान्ति नयाँ बिहानीको

सम्पूर्ण नाटक पडन यहाँ क्लिक गर्नुहोस्|

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: