प्रवीण राई जुमेली

निजात्मक कुराहरु केही

हरेक क्षण, हरेक प्रहर प्रक्षेपित बन्छन् अनुभूतिका चोटहरु चेतनामा। त्यसको पीडा मात्र बोझ झुन्डिदिन्छ। अनुभूतिका ती अदृश्य घाउहरु नै तरङगिन्छन्, शब्दमा आकार पाउँछन् ‘घाउका आवर्त्तहरु’ भएर। मनोवांछित हो उन्मुक्ति त्यसलाई पाउने प्रयास गर्छु शब्दहरु छिरेर। एकलै। अन्ततः सबैसित परोक्ष वा प्रत्यक्ष जोडिएकै हुनु म-ले उन्मुक्ति बाँट्तैन एकलोलाई। सामुहिकता साथ लागेर आउनु मसित, त्यो असमभव छ। जति जति छुटिँदै जान्छु हरेकसित, जोडिँदै पनि जाँदो रहेछु हरेकसितै।

कविता, सायद मैले खोजेको उन्मुक्तिको साधन एउटा जो तर सम्भव छैन।

कोरिएका वादका परिधिहरु बाँधिन गइनँ कविताहरु लिएर। तमाम परिभाषादेखि भागेरै रहे कविताहरु। जीवन खोज्नु कवितामा र कविता खोज्नु जीवनमा, दुवै भए। कहीं विचारहरु भएर बगे, कहीं वैयक्तिकता मात्र। तर साइनो सबैसितै छ जोडिएको, त्यतिकै टड्कारो। कम्जोरी, सीमित्ता र अपूर्णताहरु पनि निस्चित छन् समेटिएका कविताहरुमा, सहर्ष स्वीकार्छु। तर तीलाई सच्याउन आलोचना र प्रतिक्रियाहरुलाई पनि स्वागत जनाउँछु।

प्रवीण राई जुमेली

जुम बस्ती, पस्चिम सिक्किम

आमा मेरो वेबसाइटको होमपेज

केही लघु कविता

गरीबको केही स्न्यापसट

गाँउनोमिक्स

घाउका आवर्त्तहरु

टाशीलिङ

देश अनप्लग्ड

प्रतीक्षारत

बालकपन

%d bloggers like this: