“देशको मायामा पोखिएका स्याहीको रंग”
मेरा विदेशमा भएका साथीहरुलाई प्रवासी नभन्नु है,
देश उनीहरुले छोडेका होइनन्, देशले छोडेको हो|
यहाँ देश जमिन हैन, मान्छे-अमान्छेको भीड हो यो|
किन विवाहित छोरीको मात्र माइत हुन्छ?
विवाहित छोराको माइत कहाँ छ?
घरलाई घर रहन नदिए पछी, परिवारको अर्थ कहाँ छ?
त्यसैले विदेशिएका मेरा मित्रहरु प्रवासी होइनन् है,
देशमै बसेर देशको चिन्ता नगर्नेहरु देशवाशी हैनन है|
प्रवासमा बसेर मेरा मित्रहरु कथा-कविता पो कोर्छन त,
घुटुक्क आँशु पीएर विश्वमा देशको छाप पो छोड्छन् त|
हिजोमात्र गरीब रनेकी आमा मरिन, मेरा देशवाशीले तमाशा हेरिरहे,
रनेकी आमाले औषधी पाउनुपर्छ, प्रवासमा बस्नेले लेखिरहे|
यताहुँदी कसैले केहि लेख्दैनन, मनै नभएर होला मनको बह पोख्दैनन,
देशको मायामा पोखिएका स्याहीको अक्षरलाई तराजुमा जोख्दैनन|
तरै पनि अथाह लेखि रहने विदेशिएका मेरा मित्रहरु थाक्दैनन,
त्यसैले विदेशिएका मेरा मित्रहरु प्रवासी होइनन् है,
देशमै बसेर देशको चिन्ता नगर्नेहरु देशवाशी हैनन है|
टिप्पणी छोड्नुहोस्