सन्दर्भ भारतीय नेपाली जातिको परिचय अनि राष्ट्रियताको

सन्दर्भ नेपाली जातिको परिचय अनि राष्ट्रियताको: एकमुट्ठी मानसिकताभित्र रूमलिँदा

बी० पी० बजगाईं

गान्तोक, सिक्किम।

(नोट: यो लेख अप्रेल २००६ मा गान्तोकबाट प्रकाशित हुने ‘हाम्रो प्रजाशक्ति’ मा छापिएको भए तापनि आज पनि यसको सान्दर्भिकता रहेकोले यहाँ समावेश गरिएको छ।)

२० अप्रेलदेखि २२ अप्रेल २००६ सम्मको निम्ति तीन दिवसीय कार्यक्रम गान्तोकको चिन्तन भवनमा आयोजित भयो। यसको निम्ति आयोजक समितिले अगावै पत्रकार सम्मेलन पनि डाकेका थिए। सन्दर्भ थियो भारतमा नेपाली जातिको परिचय अनि राष्ट्रियताको। लाग्दथ्यो, कसैले हराउँदै नहराएको वस्तु खोजीरहेका छन्। आज भारतमा नेपाली जातिलाई मात्रै परिचय अनि राष्ट्रियताको डर किन लाग्छ। भारतका अरू जातिहरूले परिचय नहुनुको बोध किन गर्दैनन्। आज भारतमा भन्दा बढ़ी बङ्गालीहरू बङ्गलादेशमा छन्। पञ्जाबमा भन्दा बढ़ी पञ्जाबीहरू पाकिस्तानको सिन्ध प्रान्तमा छन्। तर उनीहरूलाई परिचय र राष्ट्रियतामाथि शंका उपशंका कहिल्यै उत्पन्न हुँदैन। आज नेपालीलाई मात्रै यस्तो विचार किन आउँदैछ। यस्तो विचार जन्मनुको पछाड़ि कस्तो मानसिकताको हात छ। ’cause यो किटान गरेर भन्न सकिन्छ कि माथि वर्णित गान्तोकमा आयोजित सम्मेलनको विषय भारतमा बसेका सम्पूर्ण नेपाली जातिको वैचारिक उपज नभएर केवल एकमुट्ठी मानसिकताले थोपरेको विचार मात्रै हो। यो पनि किटान गरेर भन्न सकिन्छ कि भारतमा नेपाली जातिलाई परिचय र राष्ट्रियताको अभाव छैन। हामी नेपालीहरू भारतमा भारतीय भएर बसेका छौं अनि देशभित्र हाम्रो जातिले उँचाई छुन जाँदा हामीलाई बाधा आएको छैन। रञ्जीत गजमेर सङ्गीतको क्षेत्रमा उँचाईमा पुग्दा उनी नेपाली हुनुले रोकेन। त्यसरी नै मुम्वईमा क्यामेरामेन विनोद प्रधान केवल राष्ट्रिय स्तरमा मात्र ख्याति आर्जन नगरेर अन्तराष्ट्रिय स्तरमा चिनिन पुग्दा उनी नेपाली हुनुले रोकेन। भारतको संविधान सभामा मर्यादित आसनसम्म पुगेका अरिबहादुर गुरूङ नेपाली भएरै त्यहाँसम्म पुगेका हुन्। आसाममा विधानसभाको उपाध्यक्ष पदसम्म पनि नेपाली पुगे। यस्ता अनेकन उदाहरणहरू छन् जसलाई यहाँ सामेल गरे यो लेखको मूल विषय नै पर हट्न पुग्ला। तर आज एकमुट्ठी मानसिकतालाई मात्रै नेपाली जातिको परिचय र राष्ट्रियता खोज्ने के आवश्यकता पऱ्यो यो गहन अध्ययनको विषय हो।

अब कुरा गरौं सम्मेलनको विषय वस्तुको। सम्मेलन शुरू हुनभन्दा अघि आयोजक समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रेस क्लब अफ सिक्किमको कक्षमा वितरित प्रेस विज्ञप्तिमा सम्मेलनको विषय वस्तु समाहित गरिएको पाइयो। यस विज्ञप्तिको निम्न पंक्तिलाई हेरौं:

“Two most important but interrelated issues are their identity and nationality. Howsoever old their settlement in a particular place may be they are categorized together with the ones who arrive from Nepal on any day in search of seasonal employment or for recruitment in India’s military or paramilitary forces. Their claims to historicity, Kirata identity, sacrifice of lives for their motherland called India, their adherence to a different Nepali dialect from that of Nepal, and the prominent traces of local cultures are not at all enough to stake their claim for Indian nationality. They are religiously branded as “foreigners” and “migrants” and deprived even of some basic human rights like right to life and livelihood, as they were in Bhutan, and they often are in Northeast India.”

यस पंक्तिमा निम्न प्रश्नहरू जन्मन्छन्।

१. यहाँ आयोजकहरूले भाषिक रूपमा नेपालीहरूलाई their अर्थात् तिनीहरू शब्द प्रयोग गरेका छन्। हामी नेपालीलाई तिनीहरू भन्ने उनीहरू के नेपाली होइनन्? अर्थात् को हुन्?

२. अर्थात्, के यो कार्यक्रम नेपाली मस्तिष्कको उपज नभएर अरू कुनै जातिको मानसिकताले जन्माएको हो र तिनीहरू शब्द प्रयोग गरिएको हो?

३. भारतको इतिहासमा माटोसँगै भारतीय बन्न पुगेका नेपालीहरूलाई पनि मुछेर यो जाति सेनामा भर्ना हुन अर्थात् ऋतु अनुसारको कार्य गर्न भारतमा पसेको बताएर यहाँ किन जबरजस्ती नेपाली जातिलाई विदेशी भन्ने प्रयास गरिँदैछ?

४. ऐतिहासिक रूपमा किराँतको परिचयले पनि अनि स्थानीय संस्कृतिको झलक नेपाली संस्कृतिमा प्रशस्तै भए पनि यो राष्ट्रियता सावित गर्न प्रशस्त नभएको बताएर किन जबरजस्ती नेपाली जातिको राष्ट्रियतामा प्रश्नचिन्ह खड़ा गरिँदैछ?

५. के किराँत मात्रै नेपालीहरू हुन्? यसबाहेक नेपाली जातिको अन्य कुनै समूह अर्थात् परिचयको आधार छैन?

६. धार्मिक रूपमा विदेशी अनि बाहिरबाट सरूवा भनेर विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपाली जाति कसरी धार्मिक रूपमा विदेशी हो। कुन धर्मलाई आधार राखेर उक्त कुरा लेखिएको हो। नेपाली जातिले मान्ने विभिन्न धर्महरू अन्तर्गत कुन चाहीँ धर्मलाई आयोजकहरूले विदेशी मानेका हुन्? कि यो जबरजस्ती रूपमा नेपालीलाई विदेशी बनाउने प्रयास हो?

७. भारतीय नेपालीको सन्दर्भमा सम्मेलन राखेर भुटानको नेपालीसँग तुलना गर्नुको अर्थ के हो।

यसरी नै उक्त प्रेस विज्ञप्तिमा निम्न प्रश्नहरू यसरी जन्माइएको छ:

“Will they ever be full-fledged citizens of the countries they are living in even if they qualify to be so constitutionally? Will they form a category called “constitutional citizens” whereas they remain foreigners, migrants and outsiders in the psyche of the “real citizens”?

यसमा पनि निम्न प्रश्नहरू जन्मन्छन्:-

१. हामी संवैधानिक नागरिक हौं के भन्ने प्रश्न उठाउनेहरूलाई यो प्रतिप्रश्न गर्न आवश्यक भएको छ कि के नागरिक पनि संवैधानिक र असंवैधानिक हुन्छ?

यस अतिरिक्त यस सम्मेलनमा उठाइने केही उपविषयहरू मध्ये निम्न विषयहरू नेपाली भविष्यको निम्ति गहन षढ़यन्त्र अन्तर्गत रहेको महशुस हुन्छ। ती विषयहरू विज्ञप्तिमा यसरी लेखिएका छन्:-

“Sub-themes for deliberation at the conference:

1.         History of Nepali settlements in different parts of India….

5.         Legal status of Nepalis in different parts of India…..

9.         Nepal and Indian Nepali identity

10.       The 1950 treaty and Indian Nepali identity and nationality

11.       GNLF and Gorkha nationality…….

26.       Nepalis and Bangladeshis: A Comparison”

क्रमसंख्या १ को विषय: भारतमा विभिन्न क्षेत्रमा नेपाली जातिको बसोबासोको इतिहास खोज्ने आवश्यकता के छ? शंका त बङ्गाली जातिको नागरिकतामा पनि हुनसक्छ, पञ्जाबी जातिको नागरिकतामा पनि हुनसक्छ, तमिल जातिको नागरिकतामा पनि हुनसक्छ। तर नेपाली जातिकै मात्रै इतिहास खोज्नु बाध्यता के छ?

क्रमसंख्या ५ मा भारतको विभिन्न क्षेत्रमा नेपाली जातिको कानुनी स्थिति सोधिएको रहेछ। कुनै जातिको कानुनी स्थिति भनेको के हो? भारतीय संविधानको कुन परिच्छेदमा जातिहरूको कानुनी स्थिति उल्लेख गरिएको छ?

क्रमसंख्या ९ र १० मा नेपाल र भारतीय नेपालीको परिचय विषय राखिनु भविष्यको भारतमा अनि भारतको राष्ट्रिय नीतिमा नेपाली जातिमाथि कलंक लगाउन पर्याप्त विषय हो।

क्रमसंख्या ११ मा गोरामुमो अनि गोर्खा राष्ट्रियताको विषय भारतमा नेपाली परिचय र राष्ट्रियताको विषयभित्र सान्दर्भिक नहुने विषय हो अनि भाषा आन्दोलनमा सल्किएर फेरि पछि निभेको आगो दन्काएर सल्काउने प्रयास हो यो।

क्रमसंख्या २६ मा नेपाली र बङ्गलादेशीमाझमा तुलना गरिने प्रयास गर्नु जाति विरोधी काम हो ’cause नेपाली जातिको भाषाले संविधानको आठौं अनुच्छेदमा मान्यता पाएर नेपाली जातिको राष्ट्रियता र परिचयमा सील मोहर लगाइसकेको छ। यति हुँदाहुँदै पनि एउटा राष्ट्रियता भएको जातिलाई परिचयको सन्दर्भमा विदेशी बङ्गलादेशीहरूसँग दाँज्नु जाति विरोधी मात्र नभएर राष्ट्र विरोधी काम हो। हो! राष्ट्रियताको र परिचयको सन्दर्भमा कहीँ कतै समग्रतामा चर्चा हुनपर्छ भने नेपालीको तुलना बङ्गालीसँग हुनसक्छ तर बाङ्गलादेशीसँग कदाचित हुन सक्दैन।

जब नेपाली जाति भारतमा शैक्षिक क्षेत्रमा पछि थिए तब पनि यहाँ नेपाली जाति हुनु बाधा बनेन भने आज नेपालीहरू शिक्षित छन् अनि भारतमा विभिन्न राज्यहरूमा गरिमामय पदहरूमा आसिन छन्, यस्तो स्थितिमा आज एकमुट्ठी मानसिकतालाई किन लाग्दैछ डर नेपाली हुनुको? नेपाली भाषालाई संविधानमा अन्तर्भुक्त गर्ने प्रस्ताव २० अगस्त १९९२ को दिन लोकसभा र राज्यसभाले पारित गऱ्यो अनि ३१ अगस्तमा तत्कालिन भारतका राष्ट्रपतिले उक्त प्रस्तावलाई स्वीकृति दिएर भारतको संविधानको आठौं अनुसूचिभित्र अन्तर्भुक्त गरे। आज भारतीय संविधानमा अन्तर्भुक्त नभएको तर अधिकांश रूपमा बोलिने लगभग ९६ भाषाहरू छन्। ती भाषा बोल्ने भाषीहरूलाई राष्ट्रियताको अनि परिचयको डर भएको छैन भने आज संवैधानिक मान्यता पाएको भाषा बोल्ने नेपालीहरूलाई राष्ट्रियता सम्वन्धमा कुनै प्रश्नचिन्ह खड़ा भएको छैन। केवल एक मुट्ठी मानसिकताले यस्तो विषय उठाउँदैमा भारतमा नेपालीहरू डराउँदैनन्। कि एकमुट्ठी मानसिकताले संविधानमा भएको नेपाली भाषाको मान्यता खारेज गर्ने कोशिश गरेको हो? जब हामी आफै खाँटी भारतीय नागरिक हुँदाहुँदै पनि हामी भारतीय होइनौं कि भनेर प्रश्न गर्छौं भने यस्ता कुरा सोंच्ने मानिसहरूभित्र देशभक्ति छैन भनेर किटान गर्न सकिन्छ। नेपाली राष्ट्रियता खोज्न कतै अनेपाली खेतालाहरू पो लागेका छन् कि भनेर पनि हामीले अन्वेषण गर्ने दिन आएको छ।

अब चर्चा गरौं यो सम्मेलन सिक्किममा हुन कति सान्दर्भिक छ।

सिक्किमका नेपालीहरू मात्र नभएर सम्पूर्ण सिक्किमेहरू भारत सरकारले बनाएको नागरिकहरू हो। सन् १९७५ मा सिक्किमका सम्पूर्ण सिक्किमे नागरिक भारतीय नागरिक बन्न पुगेका हुन्। सिक्किम सब्जेक्ट भएकाहरू स्वत: भारतीय नागरिक बन्नेछन् भनेर संविधानले तोकेको छ सिक्किमको सन्दर्भमा। यसैले सिक्किमभित्र नेपाली जातिको राष्ट्रियतामा शंका गर्ने कुनै आवश्यकता छैन। ’cause सिक्किमे नेपालीहरू नेचुरूल नागरिक नभएर भारत सरकारद्वारा क्रिएटेड नागरिकहरू हुन्। नेचुरल नागरिकको भन्दा क्रिएटेड नागरिकको स्थिति अझै बलियो हुँदछ। यसैले जब सिक्किममा नेपालीको परिचय र नागरिकता सम्वन्धमा कुनै आशंका नै छैन भने यस्तो विषयमा सिक्किमभित्र सम्मेलन गर्नुको औचित्य पनि स्पष्ट भएको छैन।

अब चर्चा गरौं पत्रकार सम्मेलनको दिनको केही प्रश्नोत्तरको:

यस दिन आयोजक कमिटीका उपाध्यक्ष ए सी सिन्हाले पत्रकारहरूलाई सम्वोधन गर्दै यसो भनेका थिए- “सन् १९८४ सम्म भूटानमा नेपाली जातिको अस्तित्व थिएन तर १९८४ मा उनीहरूलाई लोछम्पा नामाकरण गरिएपछि मात्रै भूटानमा उनीहरूको अस्तित्व अथवा परिचय स्थापित भएको हो।” यस सन्दर्भमा म प्रध्यापक सिन्हाको भनाईलाई केही सुधार गर्न चाहन्छु। भूटानमा सन् १९८७ सालमा ड्रिगलामनाम्जा भन्ने कानुन पारित गरिएर त्यसपछि नेपालीहरूलाई लोछम्पा भनिएको हो। तर त्यस अघि पनि भूटानमा नेपालीहरूको परिचय थियो। त्यस अघि पनि भूटानमा वाणिज्य मन्त्रीको पदसम्म नेपाली पुगेका थिए अनि त्यसबेला पनि र आजपनि भूटान रेडियोले लोछम्पा भाषामा समाचार भन्दैन, नेपालीमा नै भन्छ। भूटानबाट नेपालीमा अहिले पनि अनि १९८७ अघि पनि क्यूनसेल नामक समाचार पत्र अनि ड्रुकलोसेल नामक पत्रिका निस्कन्छ अथवा निस्कन्दै आएको छ। यसरी प्रध्यापक सिन्हाले एकातिर भूटानमा नेपालीको परिचय थिएन भनेर पत्रकारहरूलाई गलत जानकारी दिएका हुन् भने अर्कोतिर के भारतमा नेपालीलाई नेपाली नभनेर अरू कुनै नामले चिनिनु पर्छ भन्ने प्रयास गरेको हो?

त्यसरी नै पत्रकार सम्मेलनका अर्का वक्ता डा० टंकबहादुर सुब्बाले नेपाली जातिलाई भारतमा प्रशासनले धेरै पिरोलेको छ भन्ने जानकारी गराउँदै उनी वर्षमा एकदुइ पटक विदेश भ्रमणमा जाने गरेको उल्लेख गरे। विदेश भ्रमणको निम्ति भिसा बनाउन जाँदा उनको नाममा सुब्बा लेखिएकोले उनको नागरिकतामाथि शंका गरेर भिसा अथरेटीले विभिन्न प्रश्नहरू गर्ने गरेको बताए। तर यहाँ एउटा प्रश्न जन्मन्छ, त्यो के हो भने के भारतमा जात र उपजात लेख्ने हजारौं संज्ञालाई फल्ना-फल्ना चाहीँ नेपालीभित्र पर्छ भनेर भिसा अथरिटीलाई थाहा छ? कि के भन्न खोजेका हुन् डा० सुब्बाले? यो त नेपाली हुनुको समस्या नभएर सुब्बा हुनुको समस्या हो होइन र? यसै क्रममा पत्रकारले दोहोरो नागरिकता पो राष्ट्रियतामा प्रश्न चिन्हको कारक तत्व हो कि भनी प्रश्न गर्दा डा० सुब्बाले यहाँ दोहोरो नागरिकता होइन, तर धेरै मानिसहरूको एकोहोरो नागरिकता पनि नभएको बताउँदै उनी स्वंयको पनि भारतमा राशिन कार्ड, भोटर कार्ड जस्तो आवश्यक कागजपत्र नभएको उल्लेख गर्दै एकोहोरो नागरिकता माथि नै प्रश्न चिन्ह रहेको बताए। यहाँ प्रश्न आउँछ कि राशिन कार्ड अनि भोटर कार्ड जस्तो आवश्यक दस्तावेजहरू नभएको डा० सुब्बाले विदेश जानको निम्ति पासपोर्ट कहाँबाट र कसरी प्राप्त गरे? यदि उनी भारतीय होइनन् भने अनि उनको एकोहोरो नागरिकता पनि छैन भने हामी भारतीय नेपालीहरूको नागरिकता र राष्ट्रियता’bout बोल्ने उनको कुनै हक र अधिकार छैन। यदि उनीसँग नागरिकता सम्वन्धी सबै दस्तावेजहरू छन् भने पत्रकार सम्मेलनमा उनले ढाँट्ने आवश्यकता के थियो। अनि यदि उनीसँग साँच्चै नै उक्त दस्तावेजहरू छैनन् भने यस सम्वन्धमा भारत सरकारले सोच्नुपर्छ।

अन्तमा, म यो भन्न चाहन्छु कि यस प्रकारको कार्यक्रमहरू गर्न हुँदैन भन्ने मेरो अभिप्राय होइन। जातिय उत्थान र जातिय सुरक्षा अनावश्यक विषय पनि होइन। यस’boutमा बुद्धिजीविहरू अघि आउनुपर्छ अनि भविष्यको सुरक्षा’boutमा कार्यक्रमहरू तय गर्नु नै पर्छ। तर सम्मेलनको विषय निर्धारित गर्दा कतै राम्रो गर्ने प्रयासमा अझै नराम्रो हुने विषयहरू समाहित भएका त छैनन् भन्ने कुरामा उचित चिन्तन गर्न सक्नुपर्छ। विषयहरू छान्न सक्नुपर्छ। हरेक आयामहरूलाई निर्क्यौल गर्दै, तौलँदै यस्ता कार्यक्रमहरू तय गरिएको हुनुपर्छ अनि आयोजकले जताभावि बोलेको हुनुहुँदैन। हामी एकदुइ जनाको गल्तीले भारतमा हाम्रो भावि सन्तानहरू माथि कलंक नलागोस् भन्ने कुरालाई सुनिश्चित गरेर अघि बढ़्दा सबैले एकाअर्काको सहयोग पाउनेछन् अनि हातेमालो हुनेछ। यति मात्रै हो जातिय उत्थानको कुरा सोचौं तर भएको राष्ट्रिय परिचयलाई जबरजस्ती छैन भने भविष्यको निम्ति चुनौति खड़ा नगरौं।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: