दीप्सको ‘सत्य’: एक समिक्षा

– बी० पी० बजगाईं, गान्तोक|

दीप्स शाह

समयको प्रत्येक रफ्तारलाई आफ्नो गति बनाएर कलम चलाउने कवियत्री दीप्सले आफ्नो कविता‘सत्य’-मा सत्यको तथ्य खोतल्ने प्रयास मात्र गरेकी छैनन्| उनले सत्यलाई टाइम फ्रेममा कैद गरेर कसरी हेर्नुपर्ने भन्ने दार्शनिक व्याखा समेत कवितामा नै गरेकी छन्|

लामा सपना पछीको यथार्थ जस्तै
ब्युँझेर छाम्दा नभेटिने
अनिस्चित धागोमा जीवन उनेर
मान्छे हिँड्दै रहन्छ
गन्तब्य कहाँ छ?!
यहाँ त रहस्यको पत्रैपत्र खुल्दै गर्छ
त्यहीँ पुरातन् यहीँ नविन
एउटा बिन्दुको अन्त्य अर्कोको थालनी!
केही बिलाउनुनै केहीको प्रादूर्भाव हो

जगत बिलय बिलयनको सिलसिला हो\

केही बिलाउनुनै केहीको प्रादूर्भाव हो भनेर कवियत्री दीप्सले विलाउनुलाई अर्थक्रियात्मक रचनाको रुपमा पोखेकी छन| सर्विकतावादले भन्छ, “विनिर्माण हुनु भनेको स्वरुपमा परिवर्तन आउनु भनेको हो| यसर्थ आरोहित अथवा अवरोहित मानिलिइएका परिवर्तनहरुमा अर्थक्रियात्मक रचना अथवा विरचना हुँदछ|”विरचना पनि नवरचनाको प्रमुख संघटक अवस्था भएकोले विनिर्माणलाई पनि व्यावहारिकताकै सममूल्यभित्र सर्विकतावादले हेर्दछ|

“एउटा बिन्दुको अन्त्य” कविता पङ्क्तिले प्रतिरोधात्मक क्रियाकलापमा उर्जा प्रतिफलित गर्दै “अर्कोको थालनी” स्वरुप वस्तुताको मान्यताहरुसँग अन्तरक्रिया गरेको छ|

मान्छे हिड्दै रहन्छ

गन्तव्य कहाँ छ?”

गन्तव्य परम सत्य लक्षित शब्द बनेको छ यहाँ| परम सत्य छैन यहाँ, सापेक्षिक सत्यलाई कवियत्री दीप्सले यत्र-तत्र देखिरहेकी छन अनि परम सत्यको अस्तीत्व प्रश्नमा नकारेकी छन् –“गन्तव्य कहाँ छ?”भनेर|)

निरन्तरताको सिलसिलामा
अलिक भिन्नै लाग्ने
नौलोपनको आभास दिने
मौलिक जस्तै
तर,,
ठ्य्याक्कै होइन!

निरन्तरतामा परिवर्तन बोध गर्दै नौलो आभास अनुभव गर्दै यहाँ दीप्स संक्रमण कालमा कालखण्डको फ्रीज गरिएको समय बन्धनिमा छिन|

मौलिक जस्तै
तर,,
ठ्य्याक्कै होइन

विषयको नियम अथवा व्यवस्थामा दिघोपना आउनु नसक्नुको पछाडी कुनै न कुनै कारण अवश्यै हुन्छ. ती कारणहरु नै संक्रमणकालका कारक तत्वहरु हुन्छन बताउँछ यस पङ्क्तिले|  उनी संक्रमणकालका कारक तत्वहरुको विश्लेषण गर्दै उच्चतर मानसिक प्रक्षेपणको विस्तार एवं प्रयोग लेखनमा गर्दछिन-

उही र उस्तै भोग्दै भोग्दै
खुशी र कौतूहलताको पहाड चढ्नु
बिबिधताको अनन्त श्रेणी हो

जीवन कौतुकी यात्राको निरन्तरता हो

कल्पनाभन्दा वर आएका वस्तुतासँग घटेको निर्णायक परिणाम देखाउन सत्यको कालखण्ड चोइटाएर हेर्छिन कवियत्री अनि सत्यको मूल बाटो खोज्न समयको खण्डित फ्रेम सम्झाउन रुपान्तरण पनि बिलुप्तिमा जाँदै गरेको देखाउँछिन-

गुढ् सत्यको मूल बाटो खोज्न
मान्छे भौँतारिरहन्छ
एकपछी अर्को गल्तिमा मुस्कुराउँदै
यतैकतै छेउछाउका झ्याङ्गप्वालमा पसेर
रुपातन्तरित् अभ्यस्ततामा बिलाउँछ
संसारलाई बुझ्ने

यहाँ आएर शुन्यबाट शुरुवात हुन्छ दीप्सको कविता| ‘शुन्यम शून्य कथमस्तु’ बुद्धवाणी समवेदना रुप लिएको सापेक्षताले सृष्टी अस्थिर क्रमणिकाहरुको अनन्त त्यान्द्रो गाँस्छ-

बुद्द बन्दै,,बुद्द खोज्दै
रबरको टुक्रा जस्तै जिन्दगी तन्किनु
सम्पूर्ण समबेदनाको ऊहापोह हो

सृष्टी अस्थिर क्रमणिका हरुको अनन्त त्यान्द्रो हो\

स्थायी संयोजनहरुको समग्रतामा सम्बन्ध विश्रृंखल भएको वोध गराउने दीप्सको कविता ‘सत्य’ अन्तमा आएर नयाँ वस्तुको निर्माण हुनु पूर्वनियोजित हुन् तर परिकल्पित चाँहि होइनन् भन्दै संक्रमण काललाई वास्तविकता भन्न पुग्दछ-

भोलीका कल्पना र तिनैका बलमा
आजको पाइला उचाल्दै
मान्छे,
दर्शनका पिरामिडहरु चढ्दै र झर्दै रहन्छ
सबथोक बिलाउँछ
सबथोक देखिन्छ
हराउनु र देखिनुको अन्योलतामा
चेतनाको सुइरोले हृदयको आँखा खोलेपछी
सत्य भन्नु समयको हठ् मात्र हो\

वास्तबिकता भन्नु परिवर्तनको सिलसिला हो

उनले ‘सत्य भन्नु समयको हठ् मात्र हो’ नलेखेर ‘परम सत्य भन्नु समयको हठ् मात्र हो’ लेखेको भए कविता ‘सत्य’ को तर्कले अझै बल पाउने थियो की? अन्तमा, समग्रतामा सार्विक तथ्यहरुलाई सुन्दर तरिकाले माला उनेको दीप्सको ‘सत्य’ कालान्तरमा जहिले पड्दा पनि हुने सापेक्षिक सत्यको गगनभेदी शंखघोष हो|

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: