झ्यालभित्र चिहाउँदा मेरो आफ्नै लीलालेखन

– बी० पी० बजगाईं

शून्य वर्षको झ्यालमा उभिनपुग्छु| झ्यालपारि विशालमा उ छ, सूक्ष्म भएर धमिलो| आफ्नै आकार हराएको जस्तो|

“यता फुस्रो देख्छ, फुस्रो केही देख्छ, केही बाङ्गिनु देख्छ, ठम्याउँछ बाङ्गोटिङ्गो हाँगाहरूको, हो फड्केमाथिको| छेका| बार| फड्के देखेको गेंड़हरूको| नियालुँ लाग्छ| देख्छ कालोहरू हरियोहरूमात्र उमारिएको|”

कालो र हरियोहरू मात्र विचारमा| फड्केको काठभित्र ऊर्जा छ, थाहा छैन ‘छ’ –को| ‘छ’ छ कि जस्तो। अल्लिएको। उ। लेउ र झ्याउहरू मस्तिष्कभरि जस्तो। जस्तो मात्रले नपुगेको।

“झ्याउँ उँ उँ की री री री री री

री रि रि री रि री री री”

झ्याउँ किरी कराएजस्तो सुन्छ उ। भ्रम मान्छ। स्वरको ‘रि री’- मा ह्रस्व र दीर्घ छुट्याउँछ। उ। छुट्याउनुको सत्य भ्रम जस्तो। मायालाग्दो।

“खोला देखिइन् झलक्क सेतो छालमा।“

भ्रम मात्र देखौं र लेखौं भन्छ। भ्रमको लिङ्ग छुट्याउँछ। खोला स्त्री लिङ्गमा सम्वोधन गर्नुको सत्य। काल छैन जानिएकोहरू जस्तोमा। ‘देखिइन्’ भनेको जस्तो। अलमल्ल परेको जस्तो। जस्तो मात्रैले नपुगेको।

“विचार गर्न खोज्नु केही हुन खोज्नु हो। म केही हुन्न, हुदिनँ। चतुर चेतना सिङ्ग उम्रेको थाप्लोमा।“

विचार गर्दैन उ। विचारै नगरी लेख्छ। ‘कोमा’ स्थितिभित्र लेख्छ। पढ़ाउँछ। सबैलाई ‘कोमा’ स्थितिमा पुऱ्याउँछ। हत्तु हुन्छ। थाक्दैन तर उ। नथाक्नु भ्रम जस्तो। भालुको कन्पट जस्तो।

‘य एकोऽवर्णो वहुधा शक्तियोगाद्वर्णाननेकान्निहितार्थो दधाती।‘

“कैले खुलेका आँखाहरूले हेरिरहेको अव चिन्छ: निलो भरि भएछन् हरियोहरू। अँध्यारो, हरियो उज्यालो हरियो-हरूको नमिलेकै मिलेको वितरण फैलाइ। फूलहरू मात्र होइन, यहाँ प्रत्येकै थोकको आफ्नो-आफ्नो रंग हुन्छ। रंगको संसार।“

संस्कृत बोलेको जस्तो। जस्तोभित्रको भ्रम। नबुझेको जस्तो। जस्तोले मात्रै नपुगेको। फूलहरूका मात्रै होइन। सबैको आफ्नै रंग हुन्छ। हुन्छले पिरोलेको भ्रम। लेख्दा आफै झुक्किए जस्तो।

“उसले हेर्दैछ हुर्किरहेको विहान।“

दर्शनमा आफ्नो आफै अलमलिएको उ। देख्न विर्सिएछ उसले हुर्किरहेको जस्तो विहान। यथार्थको किटानमा ठोक्किएर पनि नलोटिएको बताउँछ। लोटिएको जस्तो भन्छ।

“जगत र जीव उसैले बना’को जीवन तर

जीवन तर तिम्रो-हाम्रो।

जीवन मात्र तिम्रो-हाम्रो।“

निश्चिततावोधक मात्र। लीलाको इहलीलाको समाप्ति। बाँच्नु हुँदैन निश्चितता भ्रमभित्र। सत्य लुकाउने कोशिश गर्दैथ्यो, छऱ्यो भुइँभरि उसले। झलमल्ल सत्य उसैबाट।

“देख्छौं अनि एउटा ढुङ्गा।… विचारहरूले नभेट्ने यो विमुक्त शान्त स्थितत्व।“

परम गति स्थितत्व बनाइन्छ। नहल्लने ढुङ्गो। विचार निर्जिवको व्यर्थ विचार। वास्तविकता फुक्दा वर्षौंको धूलकणहरू टाँसी नै रहन्छन्। उड़्दैनन्।

“अन्तिम ठान्न खोजीरही बसेको छ उ सँधै अस्थायी वास”, अब हाम्री लीला उठिन्। भोलिको अर्को वासको फिक्री गर्दै निरन्तर सैद्धान्तिक यात्राको पक्षमा म उभिएको झ्याल बन्द गरिन्। अर्को नयाँ शुरूवात्…

[सन्दर्भ ग्रन्थहरू: दोहोरो अवतरण चिन्हभित्र परेकाहरू – ‘लेखहरू र झ्याल’, प्रथम संस्करण, इन्द्रबहादुर राई। संस्कृत कथन- ‘श्वेताश्वेतरोपनिषद्’, चतुर्थ अध्याय, प्रथम कथन, संस्करण जनवरी १९४९, कल्याण।]

नोट: कथाकार इन्द्रबहादुर राईले उनको लीला लेखनलाई स्थापित गर्न लेखेको पुस्तक ‘लेखहरू र झ्याल’ -भित्र रहेको कथाको वस्तुताभित्रको अन्तरद्वन्दले नै लीला लेखनको अस्तित्व नकारेको छ। यसैलाई सत्यापित गर्न सार्विकतावादी वैचारिक तर्क कथाकार राईकै शैलीमा यहाँ प्रस्तुत गरिएको छ। सन् २००० मा सिलगढ़ीबाट प्रकाशित हुने सुनचरी दैनिकमा लीला लेखनको चीरफार गर्न मद्वारा थालिएको अघोषित कलम युद्ध लगभग ९ महिना चलेको थियो। त्यस समय त्यस युद्धको अन्त्य यसै कथाद्वारा ११ नोभेम्बर २००० -मा गरिएको थियो- बी पी बजगाईं।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: