विचार सङ्कलन किन?

लेखनको मूल्याङ्कन हुन आवश्यक छ। साहित्यमा नयाँपन कतातिर प्रवृत्त छ भन्ने कुराको अध्ययन त्यतिकै आवश्यक छ जति साहित्य लेखनमा विचारको आवश्यकता छ। यस्ता गतिमय, विविधतायुक्त, प्रयोगोन्मुख प्रयोगहरूको रुपमा हामी उत्तर-आधुनिकवाद, लिला-लेखन, सार्विकतावाद, अणुकथा आदिलाई लिन सक्छौं।

एकातिर डा. गोविन्दराज भट्टराईले आयामेली आन्दोलनलाई सीधै ‘भ्रान्तिवृक्ष’ को संज्ञा दिएका छन् अनि, तेस्रो आयामकै एक अभियन्ता इन्द्रबहादुर राईबाट उद्घोषित ‘लीलालेखन’ को औचित्य समाप्त भइसकेको ठोकुवा गर्दै उत्तर–आधुनिकताको वकालत गरेका छन् भने अर्कातिर सार्विकतावादको प्रणेता बी पी बजगाईंले उत्तर–आधुनिक भन्ने शब्द नै गलत भएको बताएका छन्। लिला-लेखन सत्यको अस्तित्व मान्दैन भने सार्विकतावादले सापेक्ष सत्यको वकालत गर्छ।

यस्ता प्रयोगहरुभित्र लेखिएका कथा, कविता, समालोचना तथा अन्य रचनाहरुलाई वैचारिक मन्थनको ठेकीमा हालेर मोई पार्ने यन्त्रको रुपमा प्रयोग गर्न यो वेबसाइट समर्पित छ।

– विचार सङ्कलन परिवार

१ टिप्पणी (+add yours?)

  1. Baldev Bhatta
    Oct 03, 2010 @ 04:28:56

    यहि नेर छ समस्या हामि नेपाली स्रष्टा अनि विचारकहरु को, बाद, प्रतिवाद अनि आयाम हरु बीचको यो दौडले सृजनशीलताको खुट्टा तान्ने काम गर्छ अनि एक तमासको ध्रुविकरण लेखकहरु बीच ल्याउछ! साहित्यिक ब्लगहरु पनि आसे-पासेहरु कै कलमको जोहो गर्छन वा तिनै संग सम्साझमा आफ्नो एकाकार अनुहार मिलाउछ्न! म फेरी पनि भन्छु, हामि ले यो दोषी चश्मा मिल्काउनु पर्छ, राम प्रसाद प्रसाई, बिबश विप्र, चुम लिम्बु, खै उनि हरु ले पनि त छैनन् गरेका वकालत वाद को, म आफै पनि उत्तरआधुनिक काव्यिक आयामहरु मा रमाउदा पनि मैले समदर्शी काइँलाको सामान्य बहु-रंग बाद, र तपाईहरु को सर्विकतावाद, अज्ञातहरु को सृजनशील अराजता लाइ दिलो ज्यान ले पढ्छु अनि सम्मान गर्छु! तर बिस्तारै हामि बीच जातीय, वादगत बिचार, अनि पुरष्कार अनि सुनाम कमाउन को निम्ति हुदै गएको बिचारको मनोमालिन्यले, हामि मध्ये धेरै आफ्नै भाषा साहित्यको संजालहरु भित्र बाट पलायन हुदै छौं! मैले धेरै बोल्न परेन, यो वास्तविकता लाइ तपाईहरु सबै ले ढिलो चाडो देख्नु हुने छ! बिचारमा सम्मान राख्न सिकौं, मेरो सबै साहित्य प्रेमी साथि हरु मा यहि छ आग्रह! पूर्वाग्रही सोचले हाम्रो बिचार लाइ मार्छ या पलायन हुन् सहयोगी भूमिका खेल्छ!

    जवाफ फर्काउनुहोस्

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: