हिउँको तन्ना ओच्छ्याएर बसेका कवि कृष्ण बजगाईं

हिउँको तन्ना ओच्छ्याएर बसेका कवि कृष्ण बजगाईं

– बी पी बजगाईं

हिउँको तन्ना
हाइकुका कृष्ण ज्यू
जीवन बाँच्न|
लाटोको खुट्टा
बाटोमा हाल्छन है
काव्य पक्रेर|
कवि कृष्ण बजगाईंको हाइकु संग्रह ‘हिउँको तन्ना’ भित्रका हाइकुहरुका चर्चा गर्न अघि उपरोक्त दुइवटा हाइकु लेख्ने कोशिश गरेँ, केही मिले जस्तो लागेन मलाई| हाइकु लेख्नु कम गाह्रो कुरा होइन रहेछ, झन पुस्तकै निकाल्न त ठूलै काम हो, आँट हो, नेपाली साहित्य जगतमा एउटा नयाँ विरुवा रोप्नु हो|
पुस्तकको प्रकाशकीयकोणमा यस संकलनमा परेका हाइकुहरूका अभिधा, लक्षणा, व्यन्जना जस्ता भावहरूका ’boutमा, आलंकारिक प्रयोग, उत्प्रेक्षा, रूपक जस्ता बिम्बहरू’boutमा, यसको कलापक्ष र जीवन बोध ’boutमा पहिल्यै लेखिसकिएको छ| यसैले मेरो टिप्पणीमा ती कुराहरू पर्ने छैनन्| हाइकुमा देखापरेका मनस्थिति र दर्शन यस टिप्पणीमा समावेश गरिएका छन्|

शितलु छायाँ
पैयुँको बोटमुनी
क्षणभङ्गुर|

सङ्क्रमणकालमा देखिएको छायाँको शीतलतालाई सौन्दर्य देख्छन् कवि कृष्ण बजगाईं| समयमा नै शीतलता उपभोग नगरे समयले त्यसलाई खोस्नेछ, तर त्यस क्षणलाई फ्रीज गरेर सापेक्षता बोलेका छन उनि उपरोक्त पङ्क्तिहरूमा|

बदल्यो बाटो
सूर्यले गगनमा
साँझ परेछ|

विनिर्माणले स्वरुपमा परिवर्तन ल्याए पनि वस्तुता आफ्नै रङ्गमा हुन्छ भन्ने सर्विकतावादी चिन्तन बोकेको उपरोक्त हाइकुले गगन वस्तुता अक्षुण्ण राखेको छ| यहाँ कवि कृष्ण बजगाईं दोधारमा रहेका छन भन्न सकिन्छ| ’cause उनको अर्को हाइकुमा उनि यसको ठीक विपरित बोलेकाछन-

झुटो कुराले
निर्वासित भएछ
परम सत्य|

वस्तुता आफ्नै ठाउँमा रहे तापनि त्यसको वातावरण स्थिर रहँदैन| उनको अघिल्लो हाइकुमा साँझ पर्नु सापेक्षिक सत्य थियो तर पछिल्लो हाइकुमा झुटो कुराले परम सत्य निर्वासित भयो भन्दा सापेक्षताको अवस्थितिलाई उनले नकारेको भान हुँदछ| पहिलो कुरा त परम सत्य हुँदै हुँदैन, दोस्रो कुरा झुट पनि सापेक्षिक सत्य हो| रुमानी लेखनको प्रयोगमा लेखनको अवस्थाले पाठकहरुमा रोमान्चकता स्वरुप मनोरन्जनमात्र दिएर त्यसको सन्देशमा भने कल्पनाभन्दा वर आएका वस्तुतासँग घटेको निर्णायक परिणाममात्र दर्शाउनु पर्छ भन्छु म सर्विकतावादभित्र| मेरो दृष्टिले देखे अनुसार उनले हिउँको तन्ना लेख्दा भावनालाई प्राधान्यता दिएकाछन|

बहुआयामिक लेखनभित्र आजसम्मको अद्वितीय नेपाली हाइकु पनि लेखेका छन कृष्ण बजगाईंले हिउँको तन्नामा| स्वछ्न्नतावाद अनि सार्विकतावादको संगम यसरी लेख्छन उनि-

कलिलो टुसा
निमोठुं कि समाउँ
छाडे छिप्पिन्छ|

मानिस र प्रकृतिलाई संगै राखेर उपरोक्त पंक्तिमा उनले एकातिर श्रृंगाररस पोखेका छन् भने अर्कोतिर गति र शक्ति परमसम्बद्ध राखेर अस्तित्व रचना हुने सार्विक चिन्तन पोखेका छन्| यस संग्रहमा उनले खुलेर नेपालको सामाजिक राजनीतिलाई पनि व्यंग कसेका छन्| व्यवहारवादको सममूल्यलाई उनले प्रश्नरूपमा व्यङ्ग कस्दै लेख्छन-

शीरको टोपी
सगरमाथा हो रे
तराई जुत्ता?

अनि यस्ता विसङ्गतिहरुबाट जन्मने प्रभावलाई देखाउँदै खबरदार गर्छन-

साउने झरी
बनाउँदै दौडन्छ
खहरे खोला|

यहाँ निर्माण हुन् गइरहेका वस्तुहरु पूर्वनियोजित स्वरूपको सुषुप्त सौन्दर्यलाई स्पष्ट देखाइएको छ| क्रान्तिमा घटित हुने सौन्दर्यको मूल विसङ्गति पनि हुनसक्छ भनेर उनले व्यवस्थालाई चुनौती दिएका छन्| प्रतिरोधात्मक क्रियाकलापमा सदैव उर्जा
प्रतिफलित भइरहेको हुन्छ भन्छन कवि बजगाईं अनि लेख्छन-

तनको आगो
तिमीले के निभायौ
उठ्यो चिन्ताग्नी|

मान्छेको जीवनमा प्रकृति अनुरूपको सहज प्रवृत्ति हुन्छ भन्छन बजगाईं| तनको आगो निभाएको स्थिति यहाँ वाद हो भने चिन्ता उठ्नु प्रज्ञाको प्रतिवाद हो| प्रकृतिले ल्याएको नियतिलाई प्राकृतिक क्रियाहरूका परिणाम बताउँदै प्रकृतवादी बनेर कल्पनाको organic form –को प्रयोग गर्दै उनि संवाद पनि लेख्छन-

उषाको लाली
माथि चड्दै जाँदा
ओर्ल्यो जवानी|

यसरी उनि सार्वभौम नियतीलाई स्पष्ट पार्दै द्वन्दात्मक अवस्थिति भित्रको पुनर्रचनालाई पुष्टि गर्न उनि अझ लेख्छन-

नाङ्गेर आफू
पतझडमा तन्ना
जमीनलाई|

उनि यहाँ पदार्थमय वस्तुताको परिवर्तन प्रणाली संघर्षमय रहेको प्रस्ट्याउँछन्| मार्क्सवादीय चिन्तनको मिठो प्रयोग गर्न यहाँ कवि कृष्ण बजगाईं सक्षम बनेका छन्| उनले लेख्दा वादको पुच्छर समातेका छैनन् तर उनको लेखनमा विभिन्न दार्शनिक सूत्रहरुको समागम भएको भने हामी देख्न सक्छौं| मनोविज्ञानपरक समाजोपयोगी चिन्तनलाई उनले आफ्नो अधिकांश हाइकुहरुका पृष्ठाधार बनाएका छन्|

हाम्रो इतिहास हाम्रो भविष्यमा कुनै न कुनै रुपमा बसेकै हुन्छ| कहिल्यै इतिहासबाट अलग थलग भएर जिउन सकिंदैन| सामाजिक अनि सांस्कृतिक रुपले विछिन्न भइन्छ यदि इतिहासबाट अलग रह्यौं भने| यहि कुरालाई कवि बजगाईं आफ्नो हाइकुमा सुन्दर तरिकाले बुझाउन चाहन्छन-

कालो गाजल
अश्रुजलले बग्यो
सिंगार गर|

उनि यसै सूत्रलाई उनि स्वछन्द अभिव्यञ्जना दिँदै गतिसँग सम्वद्ध घर्षणबाट रुपान्तरित भएकोले तत्कालीन स्थितिलाई कारक बनाएर सौन्दर्य छर्दछन् अनि लेख्छन-

वसन्ती हावा
छोएर गए थियो
मुना टुसायो|

सूर्यको गतिलाई सापेक्षताको फ्रेमभित्र हाल्दै विद्रोहको ललिमालाई देखाउन चाहन्छन कवि| हुन त उनलाई थाहा छ कि सूर्य थाक्दैन अनि रोकिंदैन पनि| तर शक्ति परिक्रमाको क्रममा कुनै यस्तो बिन्दु भेटिन्छ जहाँ वस्तुताको वातावरणीय स्वरुपमा अर्थक्रियात्मक विरचना ल्याउन सकिन्छ| यसैलाई सौन्दर्यमा परिणत गर्ने लालसा राख्दै कवि बजगाईं लेख्छन-

थकित सूर्य
रोकियो एक साँझ
क्षितिजमाथि|

जीवनलाई नजिकबाट छामेर, अनुभव गरेर आफ्ना उद्गारहरु पोखेका छन कृष्ण बजगाईंले ‘हिउँको तन्ना’ –मा| समाजमा भएका अरुहरुले हातले टिप्न नसकेका वस्तुहरु आँखाले टिपेकाछन् उनले| उनको लेखनी हेर्दा र पड्दा के था लाग्दछ भने उनि बाटो हिड्दा कतिपय अवस्थामा धेरै पटक भावुक भएका होलान्, आँखा रसाएको होला| उनको हाइकु संग्रहमा केही प्रश्नहरु पनि पाएँ मैले जसको उत्तर पाठकले दिनुपर्ने कि स्वयं कविले आउँदा दिनहरुमा दिने हुन्, त्यो समयको गर्भमा छ|

गान्तोक

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: