डायोस्पोरिक साहित्य

डायोस्पोरिक साहित्य अनि भारतीय स्रष्टाहरु 

– बी पी बजगाईं,

अध्यक्ष, अनेसास, गान्तोक च्याप्टर|

२९ अक्टोबर २०१० मा भारतको सिक्किम राज्यमा खोलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)-को गान्तोक च्याप्टर भारतमा पहिलो अनेसास एकाई बन्न पुगेको छ| अनेसासले सदस्य स्रष्टाहरुको साहित्य रचनालाई डायोस्पोरिक साहित्य भनेर परिचय दिएको छ| तर डायोस्पोरिक साहित्यको जुन परिभाषा वर्तमानमा रहेको छ त्यसलाई भारतीय अनेसास सदस्यहरुले भने केही परिमार्जन गरेर हेर्नु पर्ने परिस्थिति आइपर्दछ| त्यसै विषयलाई स्पष्ट राख्न यो लेख प्रस्तुत छ| साहित्य सेवामा अन्योलतालाई पटक्कै स्थान दिइनु हुँदैन| यसोसले यस लेखले विचारेको तथ्यलाई डायोस्पोरिक संघारमा चिन्तनको निम्ति राखिएको छ|

डायोस्पोराको अर्थ शब्दकोशमा के छ त?

डायोस्पोरा ग्रीक शब्द διασπορά –बाट आएको हो| विदेशिन परेकाहरुले झुन्डमा रहेर आफ्नो मूल देशको राष्ट्रिय तथा पारम्परिक मूल्यलाई जोगाउने कार्य भन्ने अर्थ यसले समेटेको छ|

के हो त डायोस्पोरिक साहित्य?

नेपालबाट गएर विदेशमा रहेका साहित्यकारहरुले लेखिने साहित्य नेपाली साहित्य डायोस्पोरा हो| कुनै भारतीयले विदेशमा रहेर साहित्य सृजना गरे भारतीय साहित्य डायोस्पोरा हुनेछ|

के अनेसास गान्तोक च्याप्टरको तथा सिक्किमको सन्दर्भमा यो परिभाषा लागु हुन्छ?

पटक्कै हुँदैन| किनभने अनेसास गान्तोक च्याप्टरका सदस्यहरु सबै नै शुद्ध भारतीय नागरिकहरु हुन् अनि उनीहरुले भारतमा नै बसेर साहित्य कोर्दैछन|

त्यसो भए किन उनीहरुले भारतीय संस्था नसमातेर अनेसास गठन गरेका हुन् त? 

किन भने भारतमा जमिनसँगै आएका नेपालीहरु शुद्ध भारतीय हुन् भने सिक्किम विलय हुँदा भारतमा गाभिन पुगेका सिक्किमे नेपाली नागरिकहरु अझ पक्का नेपाली भारतीयहरु हुन्| यिनै कुरालाई सत्यापित गरेर भारत सरकारले अधिक संख्यामा रहेका भारतीय नेपाली नागरिकले बोल्ने नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचीमा मान्यता दिएको छ|

यही नेपाली भाषा नेपाल देशको नागरिकको पनि मूल भाषा हो| यसैले यस भाषामा लेखिएका पुस्तकहरु दुवै देशका नागरिकहरुले आदान-प्रदान गरेर पड़ने गरेको लामो इतिहास साक्षी छ| अब आफ्नो भाषा नेपाली भएकोले यस भाषाको विस्तार अनि संवर्धन हामी सबैको परम कर्तव्य हो|

डायोस्पोरामा लेखिने साहित्य यदि हाम्रो भाषामा छ भने त्यसलाई हामी हाम्रो साझा सम्पत्ति मान्छौं अनि त्यसको संवर्धनमा हामी दिलोज्यान लगाउने छौं| यसरी नै हामीले लेखेको यहाँको साहित्य पनि डायोस्पोरामा रहेका स्रष्टाहरु समक्ष पुगोस र पठन होस् भन्ने हाम्रो इच्छा छ| यसैले अनेसास गठनको पहिलो प्रेस विज्ञप्तिमा हामीले सिक्किमेली नेपाली साहित्यलाई नेपाली साहित्य डायोस्पोराको विश्व संघारमा उभ्याउने लक्ष्य राखेर नेपाली भाषा-साहित्यको सेवा र संरक्षणलाई तात्कालिक दायित्व बनाउन यो संस्था गठन गरेको भनेर स्पष्ट भनेका छौं| डायोस्पोरामा लेखिएका डायोस्पोरिक नेपाली साहित्यलाई सुरक्षा, सम्बर्धन, मुल्यांकन अनि समालोचना गर्ने हाम्रो लक्ष्य छ भने हाम्रो साहित्य पनि डायोस्पोरामा पुरयाउने, स्थापित गराउने हाम्रो लक्ष्य छ| यसै लक्ष्यलाई अघि राखेर हामीले अनेसास गठन गरेका हौं|

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को गान्तोक च्याप्टर समितिको गठन कहिले अनि किन?

गान्तोक, अक्टोबर २९: सिक्किमेली नेपाली साहित्यलाई नेपाली साहित्य डायोस्पोराको विश्व संघारमा उभ्याउने लक्ष्य राखेर नेपाली भाषा-साहित्यको सेवा र संरक्षणलाई तात्कालिक दायित्व बनाउन दिनांक अक्टोबर २९, २०१० को दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सम्माननीय उपाध्यक्ष कृष्ण बजगाईंको अनुमतिमा गान्तोकमा प्रवीण राई ‘जुमेली’ -को अध्यक्षतामा बसेको एउटा सभामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) –को गान्तोक च्याप्टर खोल्ने निर्णय लिइयो| यस संस्थाको अंग्रेजी नाम INTERNATIONAL NEPALI LITERARY SOCIETY (‘INLS’) हो|

यस सभामा लिइएका महत्वपूर्ण प्रस्तावहरु यस प्रकार छन:

१. बी पी बजगाईं अनि प्रवीन राई ‘जुमेली’ –को संयुक्त प्रयासमा तयार गरिएको विचार सङ्कलन अनलाइन साहित्यिक पत्रिका अ ने सा स गान्तोक च्याप्टरको आधिकारिक वेबसाइटको रुपमा घोषणा गर्दै ई-लिटेचरको विस्तारलाई प्रोत्साहित गर्ने निर्णय लिइयो|

२. पुस्तक प्रकाशन वितरण र पाठक वृद्धिको सम्भाव्यता बढाउने।

३. नेपाली भाषाबाट अंग्रेजी भाषा र अन्य भाषामा हाम्रो साहित्यको अनुवाद गर्न प्रोत्साहित गर्ने |

४. समालोचनामा डायास्पोरिक साहित्यको सिद्धान्त र व्याख्यालाई प्रोत्साहित गर्ने।

सभामा ARTICLES OF INCORPORATION INTERNATIONAL NEPALI LITERARY SOCIETY को नियम अनुरुप सर्व-सम्मतिले आगामी २ वर्षका लागि निम्न कार्यकारिणी समितिको चुनाउ गरियो|

१. अध्यक्ष: श्री बी पी बजगाईं

२. उपाध्यक्ष: श्री बलराम पाण्डे

३. महासचिव: श्री प्रवीण राई ‘जुमेली’

४. कार्यालय सचिव: श्री डिल्ली प्रसाद अधिकारी

५. कोषाध्यक्ष: श्री भीम राउत

६. ई-पत्रिका सम्पादकगण: सर्वश्री थीरु प्रसाद नेपाल, चन्द्र प्रकाश राई, प्रवीण राई ‘जुमेली’, भीम राउत, प्रवीण खालिंग, बी पी बजगाईं

७. प्रचार सचिव: श्री प्रवीण खालिंग

८. प्रमुख सल्लाहकार: श्री राजेन्द्र भण्डारी

९. प्रमुख समन्वयक: खुसेन्द्र राई

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: