सर्विकतावादको घोषणा-पत्र

सर्विकतावादको घोषणा-पत्र

 

सार्विकतावादको घोषणापत्र

वर्तमानसम्मको वस्तुगत वास्तविकता, त्यसको गतिका सबै रुपहरुको भूत द्रव्यलाई स्पष्ट र बौद्धिक तर्कको आधारमा सामयिक लेखनको परिपाटी नै सर्विकतावाद हो.

कुनै पनि प्रणालीमा घट्ने आन्तरिक रुपको आवश्यक औ स्वतः स्फूर्त परिवर्तनलाई यसले स्वीकार गर्दछ. तर यो नियतिवादभन्दा धेरै टाढ़ा रहन चाहन्छ. वस्तुगत जगत मानव चेतनाभन्दा स्वतन्त्र रहने हुनाले भौतिक जगतको प्रक्रियालाई लिएर लेखिने सार्विकतावादमा चेतनाको भविष्यप्रतिको परिकल्पित किटानलाई स्थान छैन. साहित्यमा समालोचनाको क्षेत्रमा भने यस वादले कसैले पनि लेखेको भविष्यप्रतिको अपेक्षित सामाजिक संरचनालाई वर्तमान वास्तविकतासँगको सम्बन्धमा अध्ययन चाहिँ गर्दछ.

समग्र विश्वमा नै उत्तर-आधुनिकवादको नयाँ विचारधारात्मक विकास भइरहेको वेलामा, त्यस विषयको स्थायी संयोजनहरुको समग्रतामा सम्बन्ध विश्रृंखल भएको वोध हुनुले नै सर्विकतावाद जन्मेको हो.

सर्विकतावादले उत्तर-आधुनिक भन्ने शब्दलाई नै सोझै नकार्दछ. आधुनिक भनेको वर्तमान हो. मानवीय सामाजिक जीवन प्रक्रियामा वर्तमानको पनि वर्तमान सम्भव छैन. उत्तर-आधुनिक भनेको वर्तमानभन्दा अघाड़ि बढेको स्थिति हो. वर्तमानभन्दा अघाड़ि बढेको स्थिति भनेको भविष्य हो. यसैले उत्तर-आधुनिकवाद भनेको भविष्य सम्बन्धी वाद भनेको हो. तर उत्तर-आधुनिकवादको प्रवृत्ति भने भविष्य सम्बन्धमा ठयाम्मै मेल खाँदैन. यसरि नाम एकातिर अनि काम अर्कोतिर कुदिरहेको उत्तर-आधुनिकवादले वैचारिक विश्रृंखलता बोकेको छ. यसै समस्याबाट लेखन कलालाई जोगाउने ठोस कसौटी स्वरुप सर्विकतावादको जन्म भएको हो.

भविष्य’bout सर्विकतावाद

वस्तुगत जगतसँग सम्बन्ध रहेको मानवीय चेतनालाई भविष्यको अवधारणाले अलग थलग राखिदिने हुँदा सर्विकतावादले भविष्यप्रतिको कल्पनालाई महत्व दिँदैन. मान्छेको चेतनाले भविष्य’bout आफूसँग सम्बन्धित क्रिया-कलाप र परिणामहरुका, प्राकृतिक अथवा सामाजिक परिणामहरुका दिशा तथा स्वरुपहरुको अनुमान लगाउन सक्दछ. अनुमान लगाउनु भविष्यप्रति सजग हुनु भए तापनि अनुमान भनेको वर्तमान मानसिक विम्ब भने होइन. अनुमान अमुर्त हुन्छ, यसैले बेग्ला बेग्लै मान्छेको बेग्ला बेग्लै दृष्टिपरक डिग्रीमा चेतनाबाट चिन्तन परावर्तन भइरहेको हुन्छ. भविष्य’boutमा संज्ञानको कुनै निश्चितता हुँदैन भन्ने कुरा सर्विकतावादले मान्दछ.

वर्तमान’bout सार्विकतावाद

वर्तमान कुनै पनि वस्तु अथवा घटनाको वस्तुगत, आवर्ती र मौलिक विशेषतालाई बहुआयामिक दृष्टि राखेर  त्यसको  स्वरुपको जाँच गर्दछ अनि त्यसको बाह्य एवं आन्तरिक रुपलाई लेखनभित्र प्रयोग गर्दछ. वर्तमानमा घटित नियमसंगत आरोहको मात्र अध्ययन नगरेर नियम विपरित अवरोहको पनि सर्विकतावादले जाँच गर्दछ र त्यसको कारणको पत्तो लाग्दछ. यसरी उपलब्ध भएका त्यस्ता कारणहरु अनि निवारणलाई यस वादले सापेक्ष सौन्दर्यको रुपमा प्रस्तुत गर्दछ.

भूतकाल’bout सार्विकतावाद

सार्विकतावादले भूतकालमा विषयको विकासको क्रमको तार्किक अन्तर्वस्तु खोज्दछ अनि मात्र तत्कालीन संरचनाको व्याखा अथवा अन्य प्रयोग वर्तमान लेखनमा गर्दछ.

संक्रमणकाल’bout सार्विकतावाद

कुनै पनि विषयको नियम अथवा व्यवस्थामा दिघोपना आउनु नसक्नुको पछाडी कुनै न कुनै कारण अवश्यै हुन्छ. ती कारणहरु नै संक्रमणकालका कारक तत्वहरु हुन्छन. यसैले सर्विकतावादले संक्रमणकालको कारक तत्वहरुको विश्लेषण गर्दै उच्चतर मानसिक प्रक्षेपणको विस्तार एवं प्रयोग लेखनमा गर्दछ.

सार्विकतावादको दर्शन

परम  शून्य सम्भव छैन, कारण परम शून्यमा गति सम्भव छैन. गतिविहीन भूत द्रव्य पनि सम्भव छैन. यसैले गतिको शक्तिको कारक तत्वहरु सर्वशक्तिशाली हुन्छन्.

गतिसँग सम्वद्ध घर्षणबाट रुपान्तरित भएकोले तत्कालीन स्थिति नै शक्तिको कारकतत्व हो. यसैले गति र शक्ति परमसम्बद्ध रहेर नै अस्तित्वमान छन्. यसरी अस्तित्वका पृष्ठाधार रहेका सबै रुपान्तरणहरु नै सौन्दर्य हुन्.

मार्क्सवाद’bout सार्विकतावाद

मार्क्सवादीय आधारले भनेको वर्गहरुको संघर्षमा वर्गको सबै रुपमा नै एकात्मकता आउँछ भन्ने कुरा सम्भव छैन. कारण एकात्मकता आउनु भनेको सम्पूर्ण गतिहरुमा रोकावट आउनु हो, जो सम्भव छैन. यति हो, वर्ग संघर्षको सामाजिक स्वरुपलाई सरलीकृत चाँही गर्न सकिन्छ तर निमिट्यान्नै पार्न सकिँदैन.

यौन-मनोविश्लेषण’bout सर्विकतावाद

विचार स्वयं उर्जाको एक रुप हो भनि सर्विकतावादले मान्दछ. यसैले यौनप्रति जीवहरूबाट उत्पादित मानसिक तरंग पनि शक्ति रुपान्तरणको आवश्यक शर्त हो.

मनले तान्त्रिका तन्त्रलाई संचालन गर्दछ भने मनलाई सापेक्षिक परिस्थितिले. तान्त्रिका तन्त्रको विकासमा यो मुख्य संघटक अवस्था पनि हो. प्राणीको सम्बन्धमा पुरुषको संरचनाले प्रभुसत्तालाई स्वीकारेको हुन्छ भने नारीको संरचनाले वश्यतालाई. यसैले मनको केन्द्र र मूल अंशले यौन तरंगलाई नियन्त्रित गरेको हुन्छ.

व्याकरण’bout सर्विकतावाद

थाहा लागेको भौतिक जगतभित्रकै विवेकशील प्राणी मानिस भएकोले विचार अभिव्यक्त गर्ने नियमसंगत साधनको उसले उन्नति गरेको छ. यसैले नियमसंगत अभिव्यक्तिभित्र लेखनलाई सूत्रवद्ध गरे लेखनकलाले संकीर्ण घेरोबाट मुक्ति पाउनेछ. यसैकारणले सर्विकतावादले व्याकरणगत मान्यताहरुलाई सापेक्षताको आधारमा स्वीकार गर्दछ.

राजनीति’bout सर्विकतावाद

सामाजिक जीवनमा राजनीति क्रान्तिको कारक तत्क भएकोले राजनीतिले क्रान्तिको समग्र धाराहरु बोकेर हिँडेकै हुनुपर्छ भन्ने कुरा सर्विकतावादले मान्दछ. सत्ताकेन्द्रित घटनाहरु मात्रलाई सर्विकतावादले राजनीति मान्दैन.

भविष्यको अपेक्षित साम्यवादी संरचना विषय सार्विकतावादी समालोचनाको चिन्तन:

मानव विकासको संघटक तत्वको रुपमा आर्थिक कारणलाई मात्र सर्वोपरी मान्नु हो भने मानव समाजको ढाँचा नै यान्त्रिकी बनेको हुने थियो. नैतिक जिम्मेवारीको बोध र व्यक्ति विशेषमा भएको उच्चतर मानसिक अवस्थाले नै सामाजिक साम्यतालाई कहिल्यै पनि कायम राख्दैन. योग्यता अनुरुपको सामाजिक जिम्मेवारी अनि नैतिक मूल्यको राजनैतिक स्थापनाको व्यवस्थाभित्र उच्चतर मानसिक योग्यताले निम्नतर चेतनालाई विकास गराउने प्रतिनिध्यात्मकता कायम गरेको छ भने आर्थिक तत्वको सामाजिक र राजनैतिक शक्ति आफै सरलीकृत भएर जाने प्रस्थापना विन्दु तयार हुन्छ भन्ने विषयमाथि सर्विकतावादले भविष्यप्रतिको अपेक्षित सामाजिक संरचनालाई अध्ययन गर्दछ. उपरोक्त तथ्यलाई मान्नैपर्ने कुरामा यस वादले जोड़ चाहिँ दिँदैन केवल प्रस्थापना विन्दुको वस्तुताको खोजि गर्दछ.

संस्कृति’bout सर्विकतावाद

संस्कृति भनेको संस्कारसँग सम्बद्ध तत्व हो. विशुद्धिकरण गरिएको कुरालाई संस्कारित भनिन्छ. विशुद्धिकरण भनेको सुगमता ल्याउने प्रक्रिया भएकोले परिवर्तनशील बाँच्नुको अवस्था भित्रको सुगम मान्यताहरुलाई सर्विकतावादले संस्कृति मान्दछ.

धर्म’bout सर्विकतावाद

धर्म भन्ने शब्द धारण अथवा गुण सम्वद्ध शब्द भएकोले प्राकृतिक मान्यताभित्र भौतिक जगतसँगको सन्तुलन मानव समाजद्वारा राखिनुपर्ने शर्त नै धर्म हो. अलौकिक शक्तिलाई विभिन्न स्वरुपमा मान्ने तथाकथित धर्मलाई यसले मान्यता दिँदैन.

विनिर्माण सम्बन्धमा सर्विकतावाद

विनिर्माण हुनु भनेको स्वरुपमा परिवर्तन आउनु भनेको हो. यसर्थ आरोहित अथवा अवरोहित मानिलिइएका सबै परिवर्तनहरुमा अर्थक्रियात्मक रचना अथवा विरचना हुँदछ. विरचना पनि नवरचनाको प्रमुख संघटक अवस्था भएकोले विनिर्माणलाई पनि व्यावहारिकतावादकै सममूल्यभित्र सर्विकतावादले हेर्दछ. प्रतिरोधात्मक क्रियाकलापमा प्रतिफलित उर्जाले वस्तुताको मान्यताहरुसँग अन्तरक्रिया गर्दछ र वस्तुको केन्द्रिय तत्वसँग नयाँ संरचनाको विकास गर्दछ.

कला र सापेक्षिक स्व- अस्तित्व

सापेक्षिक स्व- अस्तित्व बचाईराख्न कुनै पनि वस्तुता अथवा विचारधारात्मक अवस्थाले उसको नजिकको वस्तुगत वातावरण अथवा नजिक वा टाढ़ाको विचारधारात्मक क्रियाशील शक्तिहरुको सम्पर्कबाट आफूलाई विछिन्न राख्नु हुँदैन. यसैले कला केवल कलाको निम्ति मात्र भन्ने वादले कलाकै अस्तित्वप्रति एउटा भयानक आक्रमण गरेको हुन्छ. कला बाँच्नु हो भने उसको वस्तुताले सापेक्षिक वस्तुगत वातावरणको समग्रतालाई आफूभित्र समायोजन गरेको हुनु नै पर्नेछ.

कल्पना र पूर्वनियोजन सम्बन्धमा

प्रयोगको रुपमा सर्विकतावादभित्र लेखनमा कल्पना कुराहरु लेख्न चाँहि सकिन्छ, ’cause कल्पना पनि कल्पना गरिनुको सापेक्षिक सत्य हो. तर त्यो प्रतिफलित हुनुसम्म मात्र सत्य रहेकोले कल्पनाको प्रतिफलनलाई लक्ष्यकै रुपमा भने सर्विकतावादले हेर्दैन. वस्तुतासँग सम्बन्धित कुराहरु मात्रलाई भौतिकरुपमा जाँच गर्न सकिन्छ, कल्पनाको वस्तुता हुँदैन. सर्विकतावादभित्र रुमानी लेखन प्रयोग पनि हुनेछ तर लेखनको अवस्थाले पाठकहरुमा रोमान्चकता स्वरुप मनोरन्जनमात्र दिएर त्यसको सन्देशमा भने कल्पनाभन्दा वर आएका वस्तुतासँग घटेको निर्णायक परिणाममात्र दर्शाउने छ.

वस्तुतासँग जोडिएको चालू प्रयोगहरुलाई भने यस वादले परिकल्पना मान्दैन. ’cause वस्तुतासँग जोडिएका प्रयोगहरुमा देखापरेका सकारात्मक नयाँ तथ्यहरुको समग्रतामा नयाँ वस्तुको निर्माण हुनु सक्दछ. यसैले निर्माण हुन् गइरहेका यस्ता वस्तुहरु पूर्वनियोजित हुन् तर परिकल्पित चाँहि होइनन्. यहाँ बुझ्न आवश्यक के छ भने पूर्वनियोजित भनेको उपलव्ध तथ्यहरुलाई पहिल्यै नियोजना गरिसकिएको तर स्वरुप भने पाइसकेको, पाइरहेको अर्थात् बनाउनु पर्ने हुन्छ. यसको ठीक विपरीत परिकल्पित भनेको नियोजन नगरिएको, अमूर्त स्वरुप हुन्छ.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: