समय बित्दैन

 

                                                                                     राजेन्द्र भण्डारी

तल खेतसम्म पनि ओर्लिन नस्कने भए बाजे

पोहोर लट्ठी टेक्दै आँगनसम्म जान्थे

यसपालि सिकुवासम्म मात्र जानसक्ने भए

तीन दिनसम्म ओछ्यान परेर बाजे बिते

बोजू बितिन्

फेरि बित्दै गइन् आमा

पहिला बजारबाट बितेर घरै बस्ने भइन्

पछि आँगनबाट बितिन् र सिकुवामा आइन्

सिकुवाबाटै आँगनका चरा धपाउने भइन्

आँखाबाट ज्योति बित्यो

खुट्टाबाट उभिने शक्ति बित्यो

उनका इच्छाहरु बित्दा-नबित्दै

तर एक साँझ

उनी पनि बितिन्।

एक दिन एउटी उन्मत्त सुन्दरी जिस्किई मसित

तर म शान्त पोखरी जमिरहें उसको छेउ

मबाट बितिरहेथ्यो जवानी

मङसिरे पहेंलपुर खेतबाट

बालीहरु बितेर कुन्यू बन्दै थिए

अन्नहरु बितेर मल बनिरहेका थिए

पृथ्वी बितिरहेकी छन्

वायुमण्डल बित्दैछ ओजोनदुलोभित्र

बिरुवा बितेर बोट बितेर फूल बितेर पत्कर बितेर

बितेर बितेर बितेर

त्यो वृद्ध इन्द्रकमल पनि धरतीबाट बितेर गयो

तर समय बितेको छैन

समय छँदैछैन

भएपो बित्थ्यो।।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: