मेरो जन्मदिन र बा

आफ्नै छातीलाई तलसम्म तानेर
बाले खेत बिराए ।
सिमानामा सालको बिरुवा रोपे ।
रगत छर्किएर हुर्काए ।
बाले रोपेका गगून, सिमल, बडहर, बकैनासँगसँगै
म पनि उम्रिएँ ।
हावामा टाउको उठाएँ ।
बालाई म जन्मिएकोभन्दा
नयाँ खेतमा पहिलोपल्ट बाली उठाएको याद छ ।
आँगनको पारिजातजत्तिकै पुराना छन् बा ।
डीलको ठूल्ढुङ्गोजत्तिकै अटल छन् ।
खुट्टाहरूले गफ गर्ने बाटोका ढुङ्गा,
रात्माटे गीत, खोलाका कल्चौँडा,
घरको पुरानो दलिन
प्राइमरी स्कूलको घण्टी
पसिना, हतार, डर,
ईश्वर, महाजन, गाउँघर अनि बा ।
यी सबैको सामूहिक तस्वीर
नाच्दै आउँछ झ्वाम्म आँखामा सँधैँ ।
मेरो पृथ्वीको आदिमपुरुष बा ।
गृहस्थीको अनदि नाद ।
बा सूर्य
जसका वरिपरि घुमिरहन्छन्
आमा, दाजु, भाइ, छरछिमेक ।
बा अजन्मा ।
उता फूलबारीमा केतकी हुर्कियो ।
यता सिकुवामा म हुर्किएँ ।
मकैबारी, उत्तीस, खनिउँको जन्मदिन हुँदैन
मेरो पनि जन्मदिन थाहा छैन
बालाई मेरो जन्मदिन थाहा छैन
तर यति अवश्यै थाहा छ –
मेरो अनुहार बाकै जस्तो हुँदै गइरहेकोछ,
कन्पटीबाट जसरी बा’को केश फुल्न थालेको थियो
मेरो पनि त्यहीँबाट त्यसरी नै
फुल्न थालेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: