सपनाको कथा

-मनोज वोगटी

1.
सिङ्गार पटार गरेर आउँछ सपना
सिकुवा माग्छ।

ओछ्यान माग्छ
सिरानी माग्छ
र सिरानी बिगारी राख्छ।

आँखा माग्छ
रात दिन सबै माग्छ।
मागेरै धनी हुन्छ सपना।

सपना जस्तो बॉंच्न नसकेको पीड़ा
बिहानै उठ्‌छ। काममा जान्छ।

काम गर्दै सपना सम्झिएर झस्किन्छ।
यसरी झस्किएरै बितेका उसको पुर्खाका पुराना सपनाहरू सम्झिएर
आँखाबाट पानी चढ़ाउँछ।

सपनाको झुटो विश्वास
अहिले उसको नाङ्‌ग्लो जस्तो चेतनामा दानाभूषको परीक्षामा छ।

सपना
कसरी उतीर्ण हुन्छ कुन्नी चेतनाको हातमा।

2.
सपना पनि हरेक पर्वमा देश जान्छ
सपना पनि
सपना नै बोकेर आउँछ।
ममाथि चढ़ेर सपनाले
आफ्नो काम गर्छ
मेरो काम पटक्कै गर्दैन।
जब ममा पनि त्यसको स्वार्थ पूरा हुँदैन
मलाई नै छोड़ेर जान्छ।

सपनाको समाज
सपनाले पाएको संस्कृति
त्यसको समुदाय
मसित जब मिल्दैन
त्यो किन आउँछ आँखाभरि?
किन छाउँछ सिलिङभरि?

जब सपना जान्छ
त्यो बसेको ठाउँ नै बगर बन्छ।
3.
सपनाको कुरा
समात्न नपाइ फुट्‌छ।
सपना कुरा गर्न थाक्दैन।
सपनाले आफ्नो कुरा मात्र सुनाउँछ।

उसकै कुरा सुनेर
विज्ञानले समातेको छ भीरमा डोरी।
अर्थनीतिले खेल्छ जुवा।

सपनाको व्यापार गर्नेहरूको आँखाबाट कसरी देखिन्छ होला हगी
हाम्रो थ्याप्चे नाक र पुड्को चिह्नारी।

सपनाले कुरा लुकाउँछ।
4.
सपनाले अह्राउँछ
नबोली दलिनु
थाहा पाउँदापाउँदै ठगिनु
हेपिनु, जोतिनु
मर्नु।
सपनाको हातमा दिइएको शासनले
देख्दैन
पिल्सिएको गोरुको कॉंध। देख्दैन
बीऊसित हिलो खेल्ने बाइँचुरी। घरभित्तामा पोतिएको धुवॉंको कालो रङ।
त्यो रङले लेखिएको पुरानो सफ्फा र सेतो विपनाको कविता।

सपना निर्दयी हुन्छ।
सपनाले बुझ्दैन
कसैको परिस्थिति।
6.
विपनाको नरम छाला छाम्नु पनि
सपनाको सिफारिस्‌ चाहिन्छ।

सपनाको दास हुनु
जिउनु कि मर्नु?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: