भीम कविता …

                                                                   – भीम रावत, कार्यकारी सम्पादक: हिमाली बेला

यांगतेको टारी खेतमा निस्किएछ कालो बँदेल

ढुंगा-माटो उधिनेर खन्दैछ’रे ठूलो टनेल|

सुक्यो भन्छ पनि मुहान रिम्बी टारको माइला गुरुङ

बाटो खन्ने निहुँ गरि खन्यो भन्छ ठूलै सुरुंग|

जिल्लापाल र राज्यपाललाई मागी’राछन सब’ले गुहार

होला काम जस्तो छैन हेर्दा दुवै भाइको अनुहार|

अस्ति जनसुनवाईमा चाँही बोलेनन्’रे गाउँले जनता

जिल्लापाल भन्छन अहिले कस्तो आई लाग्यो लण्ठा|

सरकार भन्छ तर हामी गर्दैछौं नी देश सेवा

उता गाउँलेहरु भन्छन लौ न् गरयो जिउँदै घेवा|

सुरुंग खन्न बन्द गर हुँदैछ’रे जांच पड्ताल

होइन भने गाउँले सबै गर्ने अरे ठूलै हड्ताल|

आन्दोलन त धेरै भए सबै-सबै गनाउदैछन्

बडा बाले के के गरि सबैलाई मनाउदैछन|

देशलाई उज्यालो दिने भन्छन हाम्रो यै हो धर्म

खोला-नाला बेचिकन गर्याछैनौं है कुकर्म|

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: