सम्भोगको मृगतृष्णाभित्र एक कदम

सम्भोगको मृगतृष्णाभित्र एक कदम

 -बी० पी० बजगाईं, गान्तोक, सिक्किम|

उकुसमुकुसिएका भावनाहरु,

कल्पनाभित्रका अन्तरंग पलहरु,

रहर चढेका शरीरका प्रत्येक कोशिकाहरु-

चिथ्रा- चिथ्रा पारेर बिस्कुन सुकाउन मन लाग्छ,

आज किन हो मभित्र अचम्भको रहर जाग्छ|

तिमीले मेरो मष्तिष्कसँग गरेको सम्भोगले

गर्भे पीडा भोगिरहेको छु मैले,

मेरा चेतनाहरूसँग रत्यौली खेलेर तिमीले

के मृगतृष्णा छटपटी ओकल्दै छैनौ र?

शून्य बोध तिम्रो हो की मेरो हो प्रिय?

म साना छँदाको आमासँगको आशक्ति

आज तिमीभित्र निकास खोज्दैछ,

के तिमीभित्र बाल्यकाल हुर्किंदाको

बाबुसँगको सामिप्यता आज उर्लिएको छैन र?

म भित्र के देख्यौ र रत्यौली खेल्यौ प्रिय?

आधा भ्रूण बोकेर छटपटीएका म भित्रका आत्माहरु

खिचातानीमा लखतरान बाँच्दैछन्,

मेरो गाउँको पुजारीले कोर्ने गरेको षटकोण यन्त्रमा

तिम्रो र मेरो एकाकार निर्विकार देख्दैछन्|

भयो अझै कतिदिन रत्यौली नै खेली बस्छौ प्रिय?

आन्तरिक रुपको स्वत:स्फूर्त परिवर्तनको मृत्यु

मानव चेतनाभन्दा स्वतन्त्र हामीभित्रका अवयवहरुका हत्या,

यस्तै प्रयासहरु चल्दैछन तिम्रो र मेरो विरुद्धमा

के हामी भूत रहित चेतना मात्रै बाँच्न सक्छौं प्रिय?

एकाकार शक्तिको प्रतिफलित उर्जा’boutमा के भन्छौ तिमी?

आज भ्यालेन्टाइन डे’रे, आज त एका अर्कामा प्रवेश गरौँ होइन र?

जहाँ तिमीभित्र मेरो प्रवेशलाई छेक्ने कुनै कानुन नै छैन,

पासपोर्ट, भीसा, अन्तर्राष्ट्रिय कानुन सबै भन्दा पर रहेको

तिम्रो निम्ती मेरो भूमि अनि मेरो निम्ती तिम्रो भूमि,

भूगठनको नयाँ सम्झौता कोरौं होइन र प्रिय?

छयालब्यालती पोखिएका तृष्णालाई, बुँदा-बुँदा टिपौं प्रिय| (१४ फरवरी, २०१२)

%d bloggers like this: