म ब्युँझिएको छु है…

म ब्युँझिएको छु है…

–    बी० पी बजगाईं, सम्पादक: हालखबर डट इन

हेल्लो……,

आम्मा..मा..मा..हौ, कहाँ हरायौ हौ साथी?

तिमीले त क्रान्तिको गीत एक्लै पो गाउँछु भन्थ्यौ,

अन्याय र भ्रष्टाचारलाई जरैबाट उखेल्छु पो भन्थ्यौ,

शोषक र सामन्तहरुले यो माटोमा जरा गाडेको छ भन्थ्यौ,

साथी! कहाँ हरायौ तिमी?

कतै त्यही जराको मूलमा, ननिस्किने गरी तिमी अल्झिएनौ?

पीडा दिने पुरानो घाउ बनेर, हामी भित्रै त बल्झिएनौ?

बाहिर जता ततै तिमीलाई खोजेँ, तर अहँ कतै भेटिएनौ,

क्रान्ति स्वर भासिएर कतै, सम्झौता बनि समेटिएनौ?

तिम्रो आँट र विश्वास आज, केसँग साटियो हँ साथी?

तिम्रो अदम्य इच्छा-शक्ति, आज कता हरायो साथी?

मृत्युलाई पनि जितेर, उज्यालोको दियो बाल्छु पो भन्थ्यौ,

घोर अन्धकारसंग आज तिमी, किन डरायौ हँ साथी?

अहँ, म पत्याउनै सक्दिनँ, कि तिमी डराएर हरायौ भन्ने,

कतै सामन्तीपनको चुरोभित्र त पसेनौ तिमि?

तिमीलाई गाउँ-घरमा नदेखेको धेरै भए तापनि साथी,

मोटो जिल्द भएका महँगा पुस्तकहरुको आवरणमा देख्दैछु,

तिमीले गरिबीको करंग नछामेको धेरै भए तापनि साथी,

गरीबले बुझ्नै नसक्ने योजनाहरुमा छलफल गरेको सुन्दैछु,

हिजो-आज सुन्छु मात्रै साथी, तिम्रा प्रत्येक पलका खबरहरु,

हामीभित्रै मात्र समेटिएछन, अन्धकारमा चाहिने भर-अभरहरु,

कन्दराहरुलाई सोधें तिम्रो ठेगाना साथी, तर तिमी भेटिएनौ,

क्रान्ति स्वर भासिएर कतै तिम्रै रहरभित्र त समेटिएनौ?

हेल्लो, हेल्लो…, अरे, के भयो…? कतै नेटवर्कले धोका दिएको हो की?

त्यसो नभए, फोन पनि काटिने बिमारी, तिम्रै उपहार पो हो की?

त्यसो नगर न् हौ साथी…, लाइन नकाट, आज मलाई बोल्न देउ,

तिमीले उहिलेनै राख्न दिएको, अधुरो वचनहरुको पोका खोल्न देउ|

तिमीले दिन्छु भनेको सुरक्षाको रक्षा कसले गर्दैछ हँ साथी?

उन्नति र विकासको बाटोमा, महँगा गाडीहरु कसले कुदाउँदैछ हँ साथी?

अन्तरसंघर्ष, गुटगत गतिविधि र खिचातानीभित्र जलेका छौं हामी यहाँ,

खिचातानीको लठारो बनाई हामीलाई, तिमी कता हरायौ हँ साथी?

डाकवाला दाईलाई सोधें, उड्दै आउने चरीलाई सोधें, तिमी भेटिएनौ यहाँ,

अब त आशाहरु पनि मरे, सपनाहरु बिलाए, अर्को मित लाउने सोच्दैछु जहाँ,

होस् अब तिमि नआए हुन्छ, अर्कै साथीको खोजीमा भौंतारिएको छु,

नहराउने, नबिलाउने औषधी खाएको विश्वासको खोजीमा हिंड्दैछु,

नहराउने, नबिलाउने औषधी खाएको जिउँदो मान्छेको खोजीमा ब्युँझिएको छु|

हो, निन्द्रा जति सबै तिमीलाई उपहारमा दिँदै, आज म ब्युँझिएको छु|

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: