प्रश्नहरु

मच्छरदानीभित्र मस्त निदाएको ए मान्छे

नढाँटी भन त तिमी शोषित छैनौ?

जाडोमा सिरकभित्र गुजुल्टिएको ए मान्छे

किरिया हाल त तिमी चिसो छैनौ?

व्यवस्थामा विश्रृंखलता ल्याउने ए नेता!

लु भन त, तिम्रो सन्तान सुरक्षित छ?

समाजका तथाकथित ठेकादारहरुको

ठेका-व्यवसाय आरक्षित छ?

छैन-छैन कुनै किटानाम छैन,

थाहा छ तिमीलाई अस्तिको पौंठे-जोरी खेल?

जहाँ उसले अरुलाई जित्दा तिमी दर्शक थियौ.

थाहा छ के हिजो तिमीले उसलाई जित्दा-

वाह-वाही चिच्याउने अर्को दर्शक म थिएँ.

अब भोलि के हुन्छ भन्न सक्छौ?

पर्सि हुने विजेतालाई तिमी थाम्न सक्छौ?

तिम्रो दौडलाई एकक्षण रोकेर सानो कुरा सुन त,

अन्तिम प्रश्न तेर्स्याउँछु, हृदयबाट भन त…

बन्दुक र पाखुराको भरमा सुरक्षित ए मान्छे,

तिम्रो रगत खाने, तिमी मरेका छैनौ र?

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: