पाँच गीतहरु

(गीत – एक)

मनका रहरलाई मैले भनें मौन रहिदिनु,

आँखाहरुका पुतलीलाई भनें बन्द रहिदिनु,

देखिनुको अर्थ छैन आँशु बनि बग्नुपर्छ,

बनिनुको बाटो रोज्दै आँफैलाई सक्नुपर्छ|

 

दियोलाई मैले सोधें अँध्यारोलाई देख्यौ कि,

भाग्यलाई भनिरहें आफैलाई छेक्यौ कि,

बतासलाई सोधि हेरें निस्सासिंदा कस्तो हुन्छ?

उठ्ने रहर गर्दा गर्दै बाटो छोडी बस्नुपर्छ|

बनिनुको बाटो रोज्दै ….

 

सुस्तरी बतास पनि आँधी झैँ किन लाग्छ?

मेरै मन मलाई छाडी बिरानो भई किन भाग्छ?

कल्पनामा समाएका तिम्रा मेरा रहरहरु

बिलाएछन आज सबै हल्ला बोल्ने शहरभित्र|

बनिनुको बाटो रोज्दै ….

 

(गीत – दुइ)

तिम्रा सबै रहरहरुलाई शुभकामना मेरो

मैले धोका खाएको होइन यो उपहार तिम्रो

मेरा रहर अधुरै रहे फरक पर्दैन यहाँ

तिम्रा सबै रहरहरुलाई शुभकामना मेरो|

 

सँगै रोएका कथाहरु नलैजाउ है तिमी

कथासँगै मलाई पनि हराइदेउ है तिमी

देउरालीको कसमहरु सबै सबै मेरो

पिर्ने छैन प्रिय तिमीलाई शुभकामना मेरो|

 

सँगै हराएका रातहरु सपना झैँ बिलाओस

मिठोहरु लगे पनि तितो मेरै रहोस

आँखा तिम्रा हाँसी रहुन जसलाई रोजे पनि

तिम्रा सबै रहरहरुलाई शुभकामना मेरो|

(गीत – तीन)

सिह्रानीमा शिरै लुकाई, एक्लै म रुन्छु

क्षमा दिन्छौ भन्ने आशमा, म बाँच्दै हुन्छु

गल्ति मैले गरें हुँला, मान्छे हो म पनि

अबदेखि हेर्ने गर्छु, अँध्यारोमा पनि

 

रहरहरु निस्सासिए, आफैं जल्दैछु म

संगालिदेउ रहर मेरो, धर्म तिम्रै होला

गीत मेरो अधुरै भो, पुरा गरी देउन

अबदेखि गाउने छुइन, अधुरो गीत म

 

आज मलाई किन किन, पिउन मन लाग्यो

होश मदिरा पिलाउँछौ कि, बेहोश हुन जाउँ म

गल्ति मैले गरें हुँला, मान्छे हो म पनि

अब देखि हेर्ने गर्छु, अँध्यारोमा पनि

(गीत – चार)

आफैंभित्र नहराउ है खोज्ने कोही छैन

मशिन हुन् सबै यहाँ ढुकढुकी नै छैन

हिजोसम्म स्पन्दन नै जसलाई तिमीले दियौ

आज उनी पिठ्यूँ फर्काई अर्कै मुटु रोज्छ|

 

जल्दै छौं है मोमबत्ती सकिनु छ एकदिन

सल्काउने पापी भगवान हारेको छ यहाँ

धर्मी भगवान खोज्दै हिंडें मन्दिर रित्तो पाएँ

बाँच्ने इच्छाहरु सबै कैदी भए यहाँ

 

आफैँभित्र नलुक है लुक्ने ठाउँ नै छैन

लुकेछौ यदि भने खोज्ने कोही छैन

जिन्दगीको डडेलोमा आँशु सबै सुके

रुनु पनि कसरी पो रुने आँशु छैन

(गीत – पाँच)

घायल पार्ने आँखाहरु कहाँ अड्छन होला

अधरका उष्ण मादक वर्षा कहाँ हुने होला

रेशम झैं शीरको बादल कसको छायाँ होला

नजरवाणको प्रहारैले को को मर्छन होला

 

एउटा घायल म भइदिए तिम्रो नजरवाणको

आफैलाई तड्पाऊँदै वाण चुम्थें होला

प्रहार नभई घायल भएँ बिसाउनी खोज्दैछु

तिमी हिँड्ने गोरेटोमा पर्खी बसेकोछु|

 

रुप ज्योति सुर्यै बन्यो, असिन पसिन भएँ

रेशम बादल तिम्रै पाए कस्तो हुन्थ्यो होला?

ओंठका ती कम्पन देख्दा भूइंचालोमा परें

उष्ण वर्षा पाए मैले मुक्ति पाउँथें होला|

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: