नसुन्नेलाई फूलको माला…

– बी० पी० बजगाईं

ए आफूलाई अजम्बरी ठान्ने शक्ति,

अविनाश शब्द झुटो छ यहाँ,

जन्म नै नाशको शुरुवात हो नजान्ने-

तैंले यो बुझी राख्नु,

म मेरो निम्ति हैन,

हैन म तेरो निम्ति पनि,

अनि हैन म उसको निम्ति पनि|

म त उसको, तेरो र मेरो

भोलिको सन्तानहरुमा चाहिने

अस्तित्व खोज्ने पूँज हो|

तेरो हुतिहारा विचार हैन म,

अनि हैन धम्कि र लालचको दास;

म त उसको डुबेको भविष्य ओभानो पार्ने,

तेरो जलेको अर्धांगिनीको त्वचा टाँस्ने,

मेरो उडेको अस्तित्व समाउने

एउटा प्रयास हो, अरुको आकांक्षा हो|

थाहा छ तँलाई?

आस्था हो म तेरो परार जन्मेको छोराको,

बिश्वास हो म उसको गुमेको अधिकारको

अनि हो रक्तबीज,

चटके मदारीहरुले मलाई,

जादुको नाममा काट्दै जान्छन्,

म अझै धेरै जन्मँदै जान्छु|

मलाई मार्ने षडयन्त्र गर्ने ए मुर्ख,

म सँगै तेरो अस्तित्व पनि मर्ने छ,

यदि दिन नहुँदो हो त रात हुन्थ्यो र?

दिन तोक्छ्स तँ मेरो,

तेरो समय फालेर,

फुपुको धन जोख्छ्स तँ तेरो,

मेरो दाम तोक्छ्स तँ,

तेरो आफ्नो दाम थाहा छ?

तेरो भोलिको सन्तानले,

तेरो दाम एक अन्जुली पानी सम्झिने छैनन्-

तेरो चिहानमा एक थुँगा फूल सम्झिने छैनन्|

शिरमा कात्रो बाँधेर निस्कनेको,

कात्रो नै ओड्ने र ओछ्याउने हो,

छाना भएको घरमा बसेर-

अर्काको दिन तोक्ने ए मुर्ख

दिन तेरो हो न मेरो हो|

१ टिप्पणी (+add yours?)

  1. जेक्ब खालिंग
    Sep 17, 2010 @ 14:27:33

    दाज्यु कविता त कडा छ है .
    यो कुरा त सबै ले जान्दछ कि जसले अरुलाई बध गर्ने कुरा गर्छ अथवा सोच्ने गर्छ वास्तवमा उ नै पहिला वा त्यसै बेला मरी सकेको हुन्छ . यसकारण जो आफ्नै सोचाईमा मरी सकेको हुन्छ उसले अरुको निम्ति बाची दिनेलाई कसरी मार्न सक्छ र ? ?
    यो जीवन त आफू जिउनसंगै अर्को जीवनको निम्ति जिउने आधार पनि बनी दिनु पर्छ
    बस, हामी यही काम गर्दैछौ

    जवाफ फर्काउनुहोस्

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: