तिमी मरिहाल

अस्ति नै झरिसक्यो सूरी, त्यो अन्तिम पात,

झ्यालमा मक्ख परेर के हेर्छौ र दिन रात?

हेर त! त्यो पातको रङ्ग फुङ्ग उडेको छैन र?

वास्तविकतालाई बरमानहरुले ढाक्न सकेको कहाँ छ र?

ए लाटी, त्यस्तो रङ्गको पनि पात हुन्छ र?

हुँदै नभएकोलाई रङ्गले पोत्न सकिन्छ र?

त्यो त झुटो पात हो तिम्रो मुक्ति रोक्ने,

तिमी मरेर जिउने कि बाँचेर आफ्नै मलामी बन्ने?

बरु तिमी मरिहाल तिम्रो मृत्यु,

यहाँ त जुनिहरुले आँट भरोसामा बाँच्नु छ.

थाहा छ तिमी एउटा सूरी बचाउँदा के हुन्छ?

जुनिहरुको सृजना समयाभावमा मर्छ.

अब त बरमानहरु पनि स्वार्थी भएका छन्,

हेनरीहरु पनि छैनन् आजकल,

यसैले अन्तिम पात अधुरो नहोस्, पूर्ण होस्-

तिमी मरिहाल सूरी, तिमी मरिहाल.

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: