अदृष्टि,अवाद अनि अकविता

अदृष्टि,अवाद अनि अकविता

– बिबश बिप्र

दृष्टिहरु आँखाका लागि |

आँखा अदृष्टिका खातिर |

सभ्यताको  कठघरामा

अर्धनग्न मेरो घाट

आफ्नैँ छातीको उतारचढाव  देख्न चाहन्छ |

आँखाहरु अदृष्टिका खातिर …..

ऐन्दृक एरिनाभित्र मुक्कावाज कहलिएको क्षण |

अस्थिर अदृष्टि भित्रका  आँखाको घम्साघम्सीले

जन्माएको अपक्षीय  बलिदान

अर्थात,

बलिदानीको बाहनामा

अदृश्य  एक आँखाको  दाहसंस्कार हुन्छ

जन्मन्छ

एक अर्को अदृष्टि

म यसलाइ असंस्कार भनिदिन्छु  |

एक प्रख्यात असंस्कार

जहाँ

अवशेष खरानीका धुल

सालनालनै नकाटिएको

दुधे  नव-अदृष्टिको आसपास

यता-उता

उता-यता

गरि

/

रहन्छ  |

कुशका मुर्कुट्टाप्रति समर्पित

सलामीका  छिमेकी झिल्काहरु

स्थानान्तरणको बाहनामा  फलामे टिलाको

घनिभूत ब्यापार-ब्यायाम  गर्दै-रहन्छन |

ठिक त्यस बखत

चि

च्या

छु……

अदृष्टिको भ्रुण चित्ताबाट सुरु हुन्छ |

बलिदानीको ब्यापार सालनाल सँगै अन्त्य हुन्छ |

प्रतिफलमा

पुनर्जिवित हुन्छ

—————-अपूर्व  अदृष्टि |

म यसलाइ त झन अमर भन्छु  |

नेपथ्यमा  एक्लो अ-प्रकाश

रुखा पात-पतिङ्गरमा अखेटो रोप्दैहोला |

यही

असमयको साइत  पारि

अमरत्वको असंस्कार ब्युँझाउन

आँफै उखल्छु आफ्नै परेला |

आफ्नै परेला आँफै उखल्छु |

आँफै आफ्नै |

आफ्नै आँफै  |

Advertisements
%d bloggers like this: