आमा मेरो वेबसाइटको होमपेज

मेरो र म जस्तैहरुको यो डायास्पोरामा भिज्नअघि

कुनै एल्डोराडोको सपना बोकिएको थिएन आँखामा

साँपले काँचुली छाडे जस्तै

पास हुनेहरुले स्कुल छाडे जस्तै

त्यस्सै छाडियो गाँउ

त्यस्सै छाडियो गाँउ

गाँउसित ‘गाँउ’ शब्दको टियारा मात्र थिएन

एकान्त र अभावको स्यास पनि थियो

आमाका गोधुली आँखाहरु थिए

थिए गोरेटोहरुमा उसले हुर्काएकी नानीको डोब र गन्ध पनि

विज्ञान र बजारको ड्रग्स बाँट्दै हिंडेको भर्चुअल विश्वले

हेर्दोहेर्दै हामीलाई सिंगो एउटा गाँउको डडेलोभित्र लपेटिसक्यो

जसको ब्ल्योकहोलभित्र डोडो बन्दै गइरहेको

मेरो नानो गाँउ र मेरी चौबन्दी आमालाई कसैले पनि

मिस्यानथ्रोपिस्ट हुनबाट बचाउन सकेन

सफलता र आकांक्षाका टेरोकार्डहरु

मनको उमङ्गलाई क्याथार्सिस नहुँदो रहेछ

देख्छु अचेलभरि नै मौरीका झैं सयौं मेगापिक्सेल आँखाबाट

साल्साका टेक्सटोनिम्समा सम्प्रेषित बन्दै गइरहने

फुल्न नसकेका निकोल किडम्यानहरु बाटो किनारामा

देख्छु अभिभावक भुलेर आकाश खोज्न हिंडेका

नदुख्नसक्ने टर्मिनेटर छातीहरु

परिवेश नै दुर्गन्धको बर्डफ्लूले समातिँदै गएकोले होला

मेरो पनि दुर्गन्ध साथी नै लाग्छ हिंड्ने नाकहरुलाई

कहिले त हरेक दिनका दिमागी खेलहरुको संसदीय शून्यकालमा

सपना विभागको मन्त्रीलाई एउटा प्रश्न गर्न मनलाग्छ

कि त्यो कस्तो पेनकिलर हो

जसले हाम्रो मनका ‘दुख्नु’ क्रियालाई मारिदियो

कसरी नभनूँ कि मादलको मित्रसेनले गाएको अभाव र

बास गिटारको साकिराले उगेलेको पूर्णतामा भिन्नता छ

नभनूँ कसरी कि आफ्नो नाङ्गोपन छोप्न मैले आर्जन गरेको यो लुक्स नै

डान्से मेकाब्रेको सानो प्रतीक मात्र हो

नभनूँ कसरी कि तिमी त त्यहाँ नै छैनौ

छाडिराखेको थिएँ जुन बाँसुरीमा मैले

स्मृतिको प्रज्ञामा नमरुँ म गाउँ र आमा

त्यसैका मिथिम्स सङ्गाली यसैले

मनको सिलिकन भ्यालीमा कपेको छु ‘गाँउ डट कम’

र तिम्रो काखको न्यानोपन छाम्दै छाम्दै

आमा, बनाएको छु तिमीलाई मेरो वेबसाइटको होमपेज

बाँचिरहोस मभित्र सम्वेदनाको सर्वर

दिमागको गूगल सर्चमा मात्र तिम्रो इतिवृत्ति नभेटूँ

प्लुटोक्रेसीको पगरी गुँथ्न होड चलेको भीडमा

राजधानीको रेड टेपिज्म जस्तै आवहवा नबनूँ म।।

१ टिप्पणी (+add yours?)

  1. Kiran Pardasi Kancha
    मार्च 17, 2011 @ 06:38:20

    फेसन
    मलाई बिदेशीको स्पेसल सुट हाईन
    नेपाली दौरा सुरुवालर कोट मन पर्छ ।
    कठालोमा भिरेको बिदेशी अनुकरण टाई होईन
    नेपाली हाते बुनेको टोपी मन पर्छ ।

    तर नेपाली ठाँका टोपी काहाँ गयो गयो
    नेपालीको इज्वत ईमान बिदेशीको पोकेटमा गयो ।
    नेपालीलाई भुलाई सक्यो बिदेशीको टाईले
    पुर्खाहरुको देन बिर्से हाम्रा दाजु भाईले ।

    आजकालता खोई के हुन थाल्यो थाल्यो
    सट र पेन्टको फेसनले मोहिलाहरुलाई पनि पाल्यो ।
    दौरा सुरवाल बिर्सिएर खान बिर्से हुन्थियो
    पुरुसहरु साडी लगाई रोटमा निस्के हुन्थियो ।

    किरण “ प्रदेशी कान्छा ” नागिन ४ पाँचथर
    मेचि नेपाल

    जवाफ फर्काउनुहोस्

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: