मेरो कलमलाई मेरो आज्ञा

आज , एकापट्टी सुनको थालमा

चाँदीको चामल जस्तो टुक्राहरु राखेर

अनि अर्कोपट्टी पात गांसेर बनाएको टपरामा

एक सरो दाल-भात राखेर

म मेरो कलमलाई आज्ञा गर्दैछु –

लेख्छौ भने-

शब्दहरु टिपेर यो टपरामा भात कसले खान्छ ?

वृतान्तमा यो लेखनु

तर चाँदीको टुक्राहरुमा बिक्री भएर

सुनको थालहरु पाउनुको निम्ति मात्रै

आत्मा बेच्ने कुराहरु नलेखनु  .

ए मेरो कलम,

तिमीलाई थाह हुनु पर्छ कि यो जगतमा

पानी पर्दा आहाल हुने घरहरु अझै पनि प्रशस्त छन्

तिमीलाई यो पनि थाह हुनु पर्छ कि

गर्भधारण भएकी नारीहरुको खुशी

बच्चा भएर जन्मिएको हेर्न नपाँउदै

पौष्टीक आहारको कमिले तुहिएर जान्छ

अनि जन्मने भाग्य पाएका धेरै बालकहरु

कुपोषणले सिद्रा जस्तो सुकेर जान्छ

यसैले ए मेरो कलम म तिमीलाई आज्ञा गर्छु

बर्षेनी दवाई नपाएर गरीबहरु कति मर्दैछन् ?

सेतो कागजमा स्याही सकिन्जेल यही सत्य तिमी  लेखनु

तर रंगीन नोटहरूको स्याही पचाएर

केवल महलभित्रको काव्य नलेखनु

अझै पनि हाम्रो बस्तीमा

गुन्द्री ओछ्याएर बोरा ओड्ने बाध्यता जिउँदो छ

लुकाइएको यही सत्यलाई तिमीले लेखी दिनु

अझै पनि हाम्रो शहरको रंगीन रातहरुमा

धेरै अबलाहरुको इज्जतको सौदा हुन्छ

तिमीले यस्तै अबलाहरुको पीडा लेखी दिनु

कोही अन्तरिक्षमा पाइला टेक्दैछन्

कोही घरेटी बसाल्ने जमीन नपाएर आत्महत्या गर्दैछन्

कोही आकास छुने महल बनाउने प्रतिस्पर्द्धामा छन्

कोही झोपडीलाई नै युगौदेखि स्वर्ग सम्झिनु बाध्य छन्

रुप-रंग बद्लाउनु पाएर विज्ञान कसैलाई बरदान भएकोछ

औषधी-उपचारको खर्च नभएर विज्ञान कसैमाथि बोझ भई दिएकोछ

बस, ए मेरो कलम,

यो पार्थक्य संसारमा किन विद्यमान छ ?

तिमीले यो सत्य लेखी दिनु .

एकापट्टी छन् रातो बत्तीको राप लेख्दा

हात पर्ने हजारौ लाभहरु

तर तिमीले यो लेखनु शब्दहरु जोड्दै जाँदा

तिम्रो आत्मसम्मान घटाउँदै जानु पर्छ

अर्कोपट्टी छन् अन्यायमा परेका तमाम युवाहरु

जसको निम्ति दुई शब्द लेख्दा तिमीले आफ्नो स्वार्थ मेटाउनुपर्छ

तर पनि ए मेरो कलम ,

सत्य लेख्दा जुन स्वार्थको बलिदान तिमी दिन्छौ

वास्तवमा त्यसरी नै तिमीले आफ्नो धर्म निभाएको हुन्छौ .

लेखनेले लेखोस्

टिस्टाको पानी सुकेको देख्दा-देख्दै

हाम्रो भविष्य सुन्दर र सुरक्षित छ भनेर लेखोस ( स्वत्रंत छन् लेख्नलाई ’em )

तर ए मेरो कलम ,

एक दिन पैसाको थाकमाथि

एक थोपा चोखो पानी नपाएर हामी मर्नेछौ –

तिमीले चाहिँ यही सत्य लेखनु

हामीले  श्वास फेर्ने हाम्रो हावा कसरी दुषित हुँदैछ ?

हामीलाई बचाउने यो घरती किन धस्केर जाँदैछ ?

हामी बाँच्ने यो समाजबाट मानवता किन पलायन हुँदैछ ?

माटो भन्दा ठूलो पैसा किन ठानिँदैछ ?

वर्तमानको सुखको निम्ति किन भविष्य बन्दकी राखिँदैछ ?

ए मेरो प्रिय कलम, तिमीले यही कुरा बेस्सरी लेखी दिनु .

जानी राख ए मेरो कलम,

सत्यदेखि माथि उठेर

झुटले सधैं आकाश ढाक्नु सक्दैन

झुठदेखि दबिएर

सत्य कहिले पलायन हुँदैन

यसैले ए मेरो कलम, यही सत्यलाई धार बनाएर

तिमीले अन्यायको विरुद्द क्रान्तिको एउटा ज्वाला लेखनु

तिमीलाई मेरो आज्ञा छ ए मेरो कलम

नोटको स्याही पिएर

अधर्ममा तिम्रो धर्म नबेच्नु.

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: