कविता १ अनि २

-जेकब खालिंङ

कविता (१)

यथार्थमा प्रजातन्त्र

मम बत्ती जली रह्यो, फेदमा अन्ध्यारो नै रह्यो

अनि त्यही अन्ध्यारोमा प्रजातन्त्र छटपटाई रह्यो.

बोनसाई बिचार

बोनसाई गर्नु परेन ढुंगाको चेपमा पलाएको नेभारालाई

फल्नै नसक्ने गरेर त्यो आफै बोनसाई भयो .

असर्मथता

मानेको पातबाट पानी आफै झरेर गएन

तर पातले नै त्यो पानी संचय गर्न सकेन .

दृष्टिकोण

बैरोलाई मैले जोड़ले सम्झाएँ , त्यसले उल्टा नै बुझ्यो

अन्तमा हातको ईशराले बुझाएँ , त्यसले राम्ररी बुझ्यो .

गरीबी

एउटा चित्रकारले ब्रुश उठायो – क्यानभासमा नाङ्गो व्यक्ति बनायो

एउटा कविले कविता रच्यो – शब्दहरुले भोको पेटको वर्णन गरयो

ईच्छा

अल्गो डाँडाको अल्गो रुखमा चढेर हेरें -आकाश धेरै टाडो लाग्यो

हावा जहाजमा उढेर अझै माथि पुगेर हेरें -आकाश अझै त्यतिकै टाडो लाग्यो

समय

फागुनमा एकै थोपा पानी नपरी पनि मक्कैले मुना हानेरै छाड्यो

तर बिलम्ब गरेर बेस्सरी परेको पानीले फल दिनु सकेन, केवल हौसायो

प्रेम

धोकाको पोका , व्यथाको कथा

तर पनि  जीवनको एक मात्र आशा .

सफल जीवन

निराशाले ग्रस्त भएपनि

अरुको निम्ति प्रेरणा बन्नै पर्छ .

अन्याय / असमानता

गरीबको पेट भन्दा पर्यावरण ठूलो हो – जंगलबाट गोठ हटाउनु पर्छ

पर्यावरण भन्दा पैसा ठूलो हो – जंगल मासेर कारखाना बसाल्नु पर्छ .

देश

ह्रदयलाई सोधें को ठूलो हो ? उसले मेरो शीर भन्यो

शीरलाई सोधें को ठूलो हो ? उसले ‘‘ देश ” भन्यो .

माया अनि प्रेम

बिहान म उठ्न अघि नै आमाले मायाले भरिएको चिया ओछ्यान मै दिइन्

उठेर म सबैलाई ढाँटेर प्रियसी भेट्न गए .

क्रान्ति

गरीबहरुका  थिचिएका बिचारहरु सल्बलायो

शोषितहरुका सुस्केराहरु जुर्मुराई उठयो

आतंकवादी

केही छैन उसको , कोही पनि छैन उसको

केवल डर, घृणा र मृत्यु उसको

कविता (२)

मान्छे बेचिएको इतिहास दोहोरिँदैछ

उहिले,

मैले इतिहासमा पढेको , मान्छे बेचिन्थ्यो’ रे

धनी देशका मान्छेहरुले

गरीब देशका नागरीकहरु किन्थ्यो’ रे

अनि एउटा मान्छेलाई अर्को मान्छेले

पशुलाई जस्तै व्यवहार गर्थ्यो’ रे

कम रोजमा धेर काम लगाउँद्थ्यो’ रे

बाल्यकाल, जवानी सबै कमारा बनेर बिताउनु पर्थ्यो’रे

जीवनको सबै सपनाहरु,रहरहरु,उमंगहरू, अभिलाषाहरु

अनि बँचाईका सबै अनुभूतिहरु, अभिव्यक्तिहरु

अरुकै कैदमा बन्द थियो’रे

अरुकै दयामा मात्र बाँच्नु पाउने

अरुकै भजन गाएर मात्र पेट पाल्नु सक्ने

आफू जस्तै तर शोषकहरुको  सेवा  गर्नु पर्ने

आफू जस्तै तर शाषकहरुको पुजामा जीवन गुजार्नु पर्ने

पिठ्यूँ पिल्सीन्जेल अरुकै निम्ति भारी बोक्नु पर्ने

कुप्रो परीन्जेल अरुलाई दण्डवत गर्नु पर्ने

गरीबको पसिनाले शोषकलाई अझ धनी बनाउनु पर्ने

शासकबर्गको अन्यायमा गरीब अझ गरीब हुनु पर्ने

अन्यायले अपाङ्ग बनाएको

अत्याचारले प्यारालाइज तुल्याएको

गरीबहरुको अधिकारमाथि

शोषकहरुले रजाईं गरेको

यस्तै इतिहास पढेको छु मैले .

हो,यस्तै इतिहास पड्दै आएकाछौं हामीले .

आँखाहरु हटाएर आज म किताबबाट

हेर्छु मेरो वरी-परी

उफ ! ! !

बर्तमानमा पनि देख्छु जहीं-तहीं

फेरी यहाँ मान्छेहरु  बेचिंदैछन् उसरी नै

शोषकहरुको  महत्वकांक्षाहरुले

गरीबहरुको सानो सपना तुहाई रहेकाछन्

शोषकहरुको गगनचुम्बी महलहरुले

गरीबहरुको झोपडी भत्काई रहेछन्

शोषकहरुको पाँच तारे डिनर र डान्सहरुले

गरीबहरुको चुल्हा चिसो बनाई रहेछन्

शोषकहरुको छोरा-छोरी बिदेश  पढाउनु

गरीबहरु पडाउने स्कूलहरु शिक्षकबिहीन छन्

स्वीजरल्याण्ड  आफ्नै समस्याले ग्रस्त छ

तर स्वीजरल्याण्ड जस्तै हुने  अन्धो रहरले

हामीलाई अझ धेरै समस्या दिएका छन्

सिंगापुर पनि आफ्नै समस्याले पिरोलीई रहेको छ

तर सिंगापुर  जस्तै बन्ने अल्प ज्ञानले

हामीमाथि सिंगापुरको थप समस्या पनि थोपिएकोछ

सुनेथें – इतिहास  दोहोरिन्छ भनेर

पक्का हो रहेछ – आज इतिहास फेरी दोहोरिँदैछ

मान्छे र मान्छेको अधिकारको मोल-तौल फेरी हुँदैछ

यहा मान्छेको अधिकार जबर्जस्ती खोसिंदैछ

अधिकार बेची माग्नेहरु आज पनि त्यही गरीबहरु नै छन्

अधिकार किन्नेहरु आज पनि त्यही शोषकहरु नै छन्

हिज अधिकारको कुरा गर्नेहरु

आज अधिकार खोस्ने भएका छन्

हिज न्यायको आवाज बोल्नेहरु

आज अन्यायको पर्याय बनेका छन्

आफैलाई गरीबको साख्खे जुठो लाग्ने भन्नेहरु

आज गरीब मारा भएका छन्

हिज शोषकहरूलाई नाश गर्छु भन्नेहरु

आज त्यही शोषकहरुको रक्षक भएका छन्

गरीबलाई मरे पनि घोखा दिन्न भन्नेहरु

आज गरीबकै चितामाथि बसेर तातो ताप्दैछन्

गरीबको दुख  बखानेर  आँशु बहाई भोट माग्नेहरु

गरीबकै आँशु पिएर प्यास बुझाई रहेछन्

जातीय एकताको नारा अलापेर भजन गाउनेहरु

जात-जात विभक्त गरेर थप्पडी मार्न ब्यस्त छन्

राज्य र राष्ट्रलाई सम्पन्न र समृद्ध बनाउँछु भन्नेहरु

मान्छेहरुको एक – एक टाउको बेचेको पैसाले पनि भोक नमेटेपछि

राज्य र राष्ट्रको जमीन-सम्पत्ति समेत बेच्न आतुर छन्

शासकलाई कुप्रो परीन्जेल ढोक्नु पर्ने

अनि शोषकलाई ज्यु-ज्यु गर्नु पर्ने समय फेरी फर्की आएको छ

फेरी शाषकको दयामा मात्र बाच्नु पाउने

उसको भजन-कीर्तन गाएर मात्र पेट पाल्नु सक्ने

अनि तानाशाहलाई नै देवता जस्तो पुजा गर्नु पर्ने समय फर्की आएको छ

यसरी दोहरिएको इतिहासमा

हामी मान्छेहरुको अधिकाकारदेखि जिउने स्वतन्त्रता  समेत बेचिएको छ .

हामी मान्छेहरुको बर्तामानदेखि भविष्य समेत लिलाम भएको छ . (१० अप्रेल २०१०)

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: