एमिल्दा, आज फेरी तिम्रो याद आयो

एमिल्दा, एक्लोपनले साह्रै सताएपछि

मनको निराशा मेटाउन आज फेरी आँगने ढुंगा आएँ

सुस्केराहरुले मनदेखि तनसम्मलाई थकाएको थियो

नैराश्यहरुले जीवनलाई दरिद्र बनाएको थियो

चुनौती र संघर्णहरुको भलमा

टेक्ने र समाउने नभेटेर जीवन जताभावी बगी रहेको थियो

यस्तै भत्किएको जिन्दगीको आधामरो बचाईहरुमा

यो आँगने ढुंगाको मन्द-मन्द हावाले मेरो हृदय छुँदा

एमिल्दा, आज फेरी तिम्रो याद आयो

माथिको दुरपीन डाँडा देखाएर

हाम्रो जीवन डाँडा जस्तो सबैको निम्ति

एउटा उदाहरण हुनु पर्छ – तिमी भन्थौ

अझै माथीको कंचनजंघा देखाएर

हाम्रो लक्ष्य त त्यो हुनु पर्छ – मैले भन्थें

तल अविरल बगी रहेको रंगीत नदीलाई देखाएर

जीवन हाम्रो नित्य यसरी नै बगी रहनु पर्छ –   तिमी भन्थ्यौ

हो, नदीले झैँ सबैको तृष्णा मेटाएर

आफ्नो गर्भमा मोती पनि धारण गर्नु पर्छ – मैले भन्थें

हाम्रो छेवैबाट भुर्र..र..र. गरेर चराहरु उडेर जान्थे

हामीले पनि यस्तै स्वतन्त्रताको कामना गर्थ्यौं

जंगलबाट घाँसको भारी बोकेर आएको वृद्धालाई भेटेर

अनि उसको तालुमा नाम्लोको डाम देखेर

एउटा गरीबको जीवनको कठिनाईलाई हामीले बुझ्थ्यौं

कुप्रो परेकी पल्लो गाउँकी बज्यु

बोराको झोला बोकेर निंग्रो खोज्नु जंगल आउँथिन

अनि उसले भर्खरै खेताला गएर दुई माना चामल ल्याएको

अनि तिहुन खोज्न जंगल पसेको यथार्थ हामीलाई एकै श्वासमा सुनाउँथिन

दिन ढल्दै गएपछि स्कूल छुट्टी भएर

मसिना केटा-केटीहरु कोकले जस्तै कच्याकुचुंग गर्दै घरतिर कुद्थे

’emको नादानीमा मस्ती भर्दै

यो बन-जंगल , यो धरती र यो पानीलाई

यिनीहरुको निम्ति  सुरक्षित राख्न्नै पर्छ भनेर मत मिलाउँथ्यौं

हो एमिल्दा, तिमीलाई थाह छ

हामीलाई त्यस बेला

यो आकास हाम्रो हो जस्तो लाग्थ्यो

यो धरती हाम्रो हो जस्तो लाग्थ्यो

यो  आँगने ढुंगामा बसेर

बिश्वलाई नै सुन्दर बनाउने सपनाहरु साँच्थ्यौं

अनि बिश्वको निम्ति जिउने प्रण गर्थ्यौं

तर पोहोर साल तिम्रो घरेटी समेत पैह्रोले लगे पछि

बाबुको जिम्मवारी पनि आफै सम्हालेर

तिमीलाई पडाउने एक पाखे आमाले दवाई बिनै आखा चिम्लेपछि

अनि अन्तर्वार्तामा सबै भन्दा उत्कृष्ट उत्रिए पछि पनि

तिम्रो हातबाट नोकरी उम्किए पछि

अनि अझ आमाको उपचारमा खर्च गरेको ऋणको नोटिस

बारम्बार तिम्रो हातमा पर्न थालेपछि…

जीवनदेखि नै हारेर तिमीले आत्महत्याको बाटो रोजेछौ

ठीक त्यही दिनदेखि म एक्लो छु

हो एमिल्दा , म साह्रै एक्लो छु .

जीवनको परिस्थीतीहरुको दोभानमा

तिम्रो संघर्ण र हिम्मतले कसरी हार खाएछन्

सम्झेर म आज साह्रै दुखित बनेकोछु

तलको नदी देखेर म डराउँदा

हामी त यो नदी भएर बग्नु पर्छ भनेर ढाडस दिने तिमी

आज यो आँगने ढुंगामा मसंग नहुँदा

एमिल्दा, आज फेरी तिम्रो याद आयो. (३ मई २०१०)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: