२०१०

सुदूर टाडा समुद्रमा,

सत्ता नामक ठूलो जहाज समुद्रको छात्ती चिर्दै अघि बढ्दै थियो| समुद्र शान्त थियो, जहाज सुखका सामानहरुले लादिएको थियो| अचानक त्यहाँ शान्ति भंग गर्न आँधी आयो| आँधी र त्यसले समुद्रमा ल्याएको छालको सामना गर्न सकेन जहाजले अनि डुब्यो त्यो…,

पारी गाउँमा,

ठूला-बडाहरुको मात्र घर थियो| रात निष्पट्ट अँध्यारो छ| झ्याउँकिरिहरु मात्रै कि रि री रि री ….. गर्दैछन| झ्याउँकिरिहरुका अर्थहीन आवाजलाई नसुन्ने हो भने रात मौन छ| अचानक आँट कम्पायमान हुनेगरी ठूलो आवाज आयो अनि केही बेर त्यो आवाज आई नै रह्यो| बिहान हेर्दा ठूला-बडाहरुको पारी गाउँ जम्मै लगेछ पैह्रोले…,

परिक्षा आउन लागेको विद्यार्थीको घरमा,

उ पदनै मान्दैन, आमा उसलाई अव्वल बनेको हेर्न चाहन्छिन्| आमाले कत्ति गर्दा पनि राती ११ बजे अघि नै निन्द्रा लाग्यो भन्छ उ| उसको गालाले मौनता देखेको धेरै भएको थियो| ‘चट्यांग’, धेरै लामो मौनता पछि गाला बज्यो| उ राती अबेरसम्म पड्दै थियो…,

मानिसहरु बिहानैदेखि जीवन बजारमा व्यस्त हुन्छन| एउटा व्यस्त सडकमा राती ठूलो ढुंगा लडेछ| ग्रेफकाहरु सडक माझको ढुंगालाई बिहानैदेखि ड्रील गर्दै थिए|ठूला गाडीहरु ढुंगाले गर्दा थुनिएका थिए, साना गाडीहरुमात्र चल्दै थिए| तल खोलामा गीटि फुटाएको आवाजहरु सुनिँदैथियो| अचानक सिटी फुकेको आवाज आयो, सडकका दुवै तिर रातो झन्डी हल्लियो| सिटीको आवाजले गाडी चल्न बन्द भयो, गाडी कुदेको आवाज आएन, मान्छेको हल्ला बन्द भयो, गीटि कुट्नेहरु कता लुके कोनी गीटि फुटाएको आवाजहरु बन्द भए| केही क्षण मौन भयो पुरै वातावरण| अनि आयो ब्लास्टिङको ठूलो आवाज मौनता तोडेर, बाटो रोक्ने ढुंगा छरपष्ट भयो|

सबैमा मौनता छ| अर्को सानो घटना पनि हेरौं…,

आफ्नो दलको नीतिबाट विरक्त भएका सत्ताधारी दलका नेता पार्टीभित्र बसेर मौन बस्न थालेको धेरै भयो| मौन बस्न अघि उनले शंख बजाएका थिए, शंखघोष गरेका थिए| अहिले उनी बोलेका छैनन्| धेरैले बोल्नु भने तर उनी बोल्दै बोल्दैनन्| उनी रातको समुद्र जस्तै शान्त छन, रात झैँ मौन छन, ग्रेफले सिटी फुकेको जस्तो छ उनको मौनता…,शुन्यता छ उनीभित्र, यो वर्ष २०१० पनि शून्य वर्ष नै हो|

आजकल बजारमा देख्छु म, डराउन पर्नेहरु सबै त्रस्त छन्, ढुंगा लडेर बाटो थुनिएकाहरु भने ब्लास्टिंगको आवाज पर्खेर बसेकाछन|

ठाकुरबाड़ीमा माइक लगाएर पण्डित कृष्ण कथा गर्दैछन्- यदा यदा ही धर्मस्य: ग्लानिर्भवत भारत:, अभ्युउत्थानम ……| एक हुल केटाहरु गाउँदै उकालो सिंडी चड्दैछन- यो कथा हो तृष्णा मेरो…|

यी सबै आवाजहरु बीच उनी मौन छन्| शुन्यम् शून्य कथमस्तु| (सितम्बर २०१०)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: