बोल्न नपाएको युवकले भाषा मान्यता ल्यायो

-बी० पी० बजगाईं

युवक यहाँ बोल्न पाएन …

“म पनि नेपाली भाषा’bout केही बोल्न चाहन्छु?”  लगभग ३५-३६ वर्षपुगेको युवकले भाषण गर्दै गरेको मञ्चमा एउटा सानो कागजको टुक्रामा यो वाक्य लेखेर पठाउँछ|

जोरथाङ बजारको खेल मैदानमा चारैतिर तोरणहरू टाँगिएका……… मानिसहरू खचाखच् भएको, एउटा मञ्च सजिएको अनि भाषण आफ्नो क्रममा अघि बढ़िरहेको दृश्य कल्पना गर्दैछु| केही स्कूले बेञ्चीहरू मञ्चको अघिल्लोतिर तेर्साइएका………

सायद नजिककैको पाठशालाबाट मागेर ल्याइएका थिए होलान्| ठूलो वस्तु माग्नेलाई सानो वस्तु माग्नु के को लाज? त्यहाँ नेपालीहरूले आफै जन्मेको मातृभूमिमा आफ्नै मातृभाषा सम्वैधानिक रूपमा बोल्न पाउने हक माग्दै थिए|

“नट एलाउड (Not allowed)” भनेर त्यसै कगजको टुक्रामा मञ्चमा बस्ने कसैले लेखेर तल बेञ्चमा बसेर भाषण सुन्दै गरेको युवकलाई फर्काउँछ|

कुनै नखोजिएको अनि उल्लेख नगरिएको वास्तविकतालाई प्रस्तुत गर्ने जमर्कोमा थालनी भेटाउन मलाई गाह्रो पर्दैछ? त्यसताक सिक्किममा एल० डी० काजीको सरकार थियो|

मञ्चमा दार्जिलिङका साहि?यकार आई० बी० राई बोल्दै हुन्छन्| सायद लीला लेखनको थालनीको चारवर्ष अघिको लीला हो यो| जनसभाको अध्यक्षता राम जीवन प्रसादले गरेका हुन्छन्|

युवक एकक्षण भाषण सुनेर फर्कन्छ? उसलाई हतार हुन्छ………

घोडा पार्टीको प्रचारमा उ धेरै ठाउँ पुग्नु पर्नेछ| सिक्किमका मानिसहरूलाई घोडाको वेगमा लक्ष्यमा पुराउने हतारमा हो कि भाषाको माग गर्ने तरिकामा चित्त नपरेर हो उ त्यहाँबाट जान्छ|

म कालखण्डमा विश्रृंखल हिंड्दैछु|

आज पनि थुप्रै नट एलाउडहरूभित्र छ उ …

सन् १९९०को जून महिनाको बाह्रौं अनि तेह्रौं दिन……

स्थान-  गान्तोकको होटल नरखिल|

अखिल भारतीय नेपाली भाषा समितिका शीर्षस्थ नेताहरू लगायत भारतभरिका नेपाली बौद्धिक प्रतिनिधिहरू भेला भएका छन्| मुद्दा नेपाली भाषालाई सम्वैधानिक मान्यता दिलाउनु रहेको छ| म मेरो मानसपटमा त्यस कालखण्डमा विचरण गर्न पुग्छु| भेलामा  विशेष तीनवटा प्रस्तावहरू पारित हुन्छन्|

पहिलो, नेपालीलाई सम्वैधानिक मान्यता दिलाउने| दोस्रो, अखिल भारतीय नेपाली भाषा समितिलाई निरन्तर राख्ने साथै समितिको मुख्यालय दार्जिलिङ सार्ने|

तेस्रो, नेपाली भाषालाई राष्ट्रिय स्तरमा नेतृत्व दिन भारतीय नेपाली राष्ट्रिय परिषद् गठन गर्ने| यसै अनुरूप सिक्किमका मुख्यमन्त्री नर बहादुर भण्डारीलाई भारतीय नेपाली राष्ट्रिय परिषद्को अध्यक्ष बनाइन्छ|

मेरो मनमा कुराहरू जाने-आउने क्रम चलिरहेको छ……सायद कालचिन्तन….

मुख्यमन्त्री भण्डारीको नेतृत्वमा हात्तीको चालमा भाषा आन्दोलन थालिन्छ| उनले भारतभरिका सांसदहरूलाई अनुरोध गर्छन्| नरसिम्हा राव सरकार अप्ठ्यारोमा पर्छ| २० अगस्त १९९२ मा नेपाली भाषा कोंकणी र मणिपुरी भाषा समेटेर संसदको दलानमा पुग्छ| यस दिन नेपाली भाषा भारतीय संविधानको छैटौं अनुसूचिमा सामेल हुने बील पास हुन्छ|

श्रीमती भण्डारीको आँशु संसदले पुछिदिन्छ| यहाँ भारतीय नेपालीहरूको निधारबाट विदेशीको कलंक सदा सर्वदाको लागि हट्न बाध्य हुन्छ|

३१ अगस्त १९९२ -मा राष्ट्रपतिको अनुमोदन पाएर नेपाली भाषा  भारतमा सम्वैधानिक बन्छ|

मेरो मन विचलित छ…

मेरो मानसपटभित्र म आज काजी सरकारमा जोरथाङको भाषण देख्न पुग्छु| इतिहास टिपन-टापण गर्ने क्रममा म देख्छु………

आज भारतीय नेपाली राष्ट्रिय परिषद्लाई नेतृत्व दिएर नेपाली भाषालाई मान्यता दिलाउने मुख्यमन्त्री नर बहादुर भण्डारी “नट एलाउड”  लेखिएको कागजको टुक्रा बोकेर जोरथाङको नेपाली भाषा आन्दोलनको भाषण स्थलको भीड़बाट बाहिर निस्कँदै गरेको|

आज पनि उनी थुप्रै “नट एलाउड (Not allowed)”- हरूभित्र केही खोजीरहेको म देख्दैछु|

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: