बद्री सरलाई श्रद्धान्जली विचारको

– बी पी बजगाईं, गान्तोक

ए ज्ञ सुनिस्…बद्री सर परलोक हुनुभो रे…

ज्ञको सम्बन्ध ईबरा, बीपीब, प्रराजुहरुसँग राम्रो छ.

ज्ञलाई आफ्नो ज्ञानमा आएको समयले फ्रीज गरेको फोटोलाई शब्दमा ट्रान्सफर्म गरेर सुनाउनु हतार छ. सन्देशवाहकको उपस्थितीलाई पर सारेर ज्ञ कुद्छ अनि पुग्छ उ ईबरा, बीपीब, प्रराजुहरुको बैठकमा.

ज्ञ.     सुन्नुभयो… बद्री सर परलोक हुनुभो रे…

ईबरा.   हैन हैन, परलोक भएको जस्तो हुनुभयो भनन. अझै होइन, भ्रम परलोक भएको जस्तो हुनुभयो भन.

बीपीब. देख्दै नदेखेको परको लोकमा भ्रम कसरी सत्यापित गर्नु र? क्षणिक सत्यापन मात्र हुनलाई पनि ठोस आधार राख्नु पर्यो होइन र? अँ-अँ, क्षणिक ठोस भनेको मैले. बरु शारीरिक गतिमा पूर्ण विराम लागेर यथार्थ हुनु भयो भनौं होइन र?

प्रराजु.  भ्रमदेखी यथार्थ तर्फ भन्नु खोजेको हो त?

ज्ञ.     त्यस्तै के के हो…तपाईंहरुले जस्तो जस्तो बुझ्नु हुन्छ त्यस्तै होला.

ईबरा सजिलो बनेर हेर्छन ज्ञलाई. ज्ञ आफैलाई सन्तुलित ज्ञानी ठाने झैं गर्छ.  प्र. अट्कलिरहन्छ ईबरा र बीपीबलाई. उसलाई केहि थाहा भए झैं हुन्छ र बोल्छ…

प्रराजु.  बद्री सरको बाख्राकोटमा भएको मृत्युभन्दा पर मृत्युभित्र रहेर हामीले सपना बोलेको पात्र जस्तो मनविहार गर्नु भन्दा बरु हामी पनि खादा चडाउन जाउँ हैन?

ईबरा.   खादा भन्दा फूल चडाएको राम्रो होइन र?

बीपीब.  त्यसै गर्नु राम्रो हो. तर तपाईंको लागि त खादा र फूल एउटै होइनन् र?

प्रराजु.  सात्रेले आफुले नोबल पुरस्कार पाउँदा पुरस्कार र आलुको बोरामा केहि अन्तर नदेखे जस्तो?

प्रको प्रश्नमा पनि अट्कलबाजी नै छ. पक्ष विहिन साक्षीको खोजीमा एकछिन सबै टोलाउँछन्.

ज्ञ.     ईश्वरको सत्ता मरेको छ. त्यसलाई मस्तिष्कबाट निकालेर सोच्नु पर्छ. नत्र शरीर गल्ने छ भनेर मलाई सपनामा नित्शेले भन्दै थियो. तपाईंहरुको शब्दजालको प्रस्थापना बिन्दु त्यसैलाई मानौं होइन र?

पक्ष विहिन साक्षी हुन खोज्छ ज्ञ. उ इश्वरको सत्ता मरेपछि जन्मिएको शुन्यताबाट अनभिज्ञ छ. खलिल जिब्रानले सुक्तहरुमा बन्दि बनाएका विचारहरुलाई आफ्नो कार्यले स्वतन्त्र गर्ने विचार राखे भन्दा विपरीत छ यी तीनजनाको विचार भन्ने उसलाई थाहा छैन. बठ्याइँलाई विचार साहित्य बनाउन उद्द्यत छन् यिनीहरु भन्ने उसले देखेकै छैन. नत्रभने भ्रमको खेतीमा ‘वाई गोर्खाल्याण्ड’ किन विमोचन हुने थियो र? ज्ञलाई साइकोएनालिटिक थियोरिटिकल ट्रेडीशन’boutमा सुद्धि नभएर होला, थाहा नपाएको. Interests manifest themselves as a content inducement to cognition भनेर ज्ञ अनभिज्ञ हुनु नै ईबरा, बीपीब, प्रराजुहरुप्रति उसको मोह हो.

ढिलो-छिटो होला, तर पछिल्लो विस्वास उभिनुलाई अघिल्लो मर्नैपर्छ भन्ने प्र पात्र ज्ञान चाँही भने यस तर्कमा थप आयाम हो. वर्तमानसम्मको वस्तुगत वास्तविकता, त्यसको गतिका सबै रुपहरुको भुत द्रव्यलाई स्पष्ट र वौद्धिक तर्कको आधार बनाउँदै बीपीब बोल्छ:

बीपीब. मृत्युको सामाजिक स्वरुपलाई केहि क्षणको निम्ति स्वीकारेर उमेरलाई आदर गरेर निर्णय लिउँ हैन.

प्रराजु.  त्यसो भए के गरौं त?

ईबरा.   अहिलेलाई हाम्रो कथा पात्र पठाई दिनुपर्छ होला बद्री सरकोमा.

बीपीब.  ठिकै हो सशरीर जाँदा पनि मस्तिष्क पात्र नै पुग्ने हो, यहाँबाट कथा पात्र पठाउँदा पनि मस्तिष्क पात्र नै पुग्ने हो.

यस विषयमा भने तीन जनाको सल्लाह मिल्छ अनि तीनैजनाले आ-आफ्ना कथा पात्रहरुका हातमा पुष्प गुच्छा थमाउने काम गर्छन बद्री सरलाई श्रद्धान्जली स्वरुप. (मई ०९, २०१०, १३:५०)

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: