साङ्केतिक भाषा

– कृष्ण बजगाईं

पहिलेका मानिसहरु आफ्ना एक कुरा आपसमा बुझाउन इशाराले काम चलाउँदथे । आफ्ना कुरा हरसम्भव विभिन्न उपाय निकालेर सम्झाउँदथे । नबुझे लाठी भाला खुँडा खुर्पा तरवार आदि प्रयोग गर्दथे । अर्को पक्षले बुझे नभनेसम्म ती सामाग्री सक्रियरुपमा संचालित हुन्थे ’em उपर ।

अलिपछि मानवले धेरै कुरा विकाश गरे । भाषालाई झन परिष्कृत र सरल पारे । तर पनि उनीहरु भाषा हुँदाहुँदै आफ्ना कुरा बुझाउन गोली तथा बारुद प्रयोग गर्न थाले । साचारको भाषा प्रयोग नगरेर बन्दुकको भाषा बोल्न थाले । त्यो बन्दुकको भाषा अरुले बुझे भन्ने भ्रम पालेर बस्दथे बन्दुकेहरु ।

मानिसको जनसंख्या बढे सँगसँगै अझ धेरै भाषाको प्रयोग हुन थाल्यो । त्यसपछि सबै आ-आफ्नै भाषामा कुरा बुझाउन अड्डी लिन थाले । अरुका भाषा बुझेर पनि बुझ पचाउन थालेपछि भाषा विवाद बढेर चरमोत्कर्षणमा पुग्यो । अब के गर्ने सबै चिन्तित बने ।

सबैको रायले यो समस्यालाई जनताको सर्वोच्च निकाय संसदबाट खोज्ने भनियो । संसदमा यो विषयले के प्रवेश गरेको थियो कुनै चिज सध्ये रहेन । भाषा प्रेमीहरुको न हुलिया ठिक रह्यो न संसद भित्रका सरसमान । यस्तो विचित्रको दृष्य देखेर सभामुख महोदय चिन्तित बने ।

गम्भीर सोंचपछि पछि उनले एक उपाय निकाले । अबदेखि संसदमा महत्वपूर्ण विषयको छलफल सबैले बुझने भाषामा गर्ने प्रस्ताव राखे । यसो भन्नासाथ सबै राजी भए । त्यसपछि कुनै महत्वपूर्ण निर्णय गर्नु पर्दा सबै नेताहरु आवश्यकता अनुसार कानेखुशी वा इशाराले सङ्केत गर्दै बोल्थे । उक्त साङ्केतिक भाषा सबै नेताहरुले बुझ्यौं- बुझ्यौं भनेर थपडी बजाउँदै टाउको हल्लाउँदथे । तर नेताहरुको साङ्केतिक भाषा नबुझेर जनता चाहीं वर्षौंदेखि अलमल्ल परिरहेछन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: