आश्वासन

– कृष्ण बजगाईं

“लौन यसका बाबुलाई बेपत्ता बनाए । आमा पोइल गई । यसो सरसहयोग गर्नु पयो ।” दयालु दाताहरुले आफ्ना नानीहरुको गाँस काटेर यथासक्य सहयोग गरे ।

केही दिनपछि उसका छोराछोरीले राम्रा लुगा लगाएर स्कूल गएको देखियो ।

० ० ०

“बाढी पैह्रोले माथ्ला गाउँका मानिसहरु बेघरवार भए । लौन सबै मिलेर सहयोग गरौं ।” उसको कुरामा गाउँलेहरुले सक्दो सहयोग गरे ।

केही दिन पछि उसले घरको तला थप्दै गरेको छिमेकीहरुले देखे ।

० ० ०

“बर्ष दिनको चाडवाड यसपटक सबै मिलेर मनाऔं, रमाईलो हुन्छ ।” हो त नि भनेर गाउँलेहरुले आफ्नो गच्छे अनुसारको नगद तथा जिन्सी दिए ।

भोज खाएको भोलीपल्ट उसको घरमा पहिलो पटक घोर्ले खसी भुत्ल्याउँदै गरेको दखियो ।

० ० ०

“गाउँ तथा समाजको लागि यत्रो मागेँ । अब म आफ्नै लागि माग्न आएको छु । यसपटकको चुनावमा मलाई भोट दिनु पर्यो ।” उसको यस्तो कुरा सुनेपछि फेरी पनि दयालु सोझा गाउँलेहरुले उसैलाई मत दिए ।

उसले चुनाव जित्यो । र राजधानी हान्नियो ।

अलिपछि मन्त्री पनि भयो । ऊ मन्त्री भए पछि गाउँलेहरु आफ्नो गाउँको विकाशको लागि सहयोग माग्न राजधानी गए र उसलाई भेटे । उसले गाउँलेहरुलाई भरमार “आश्वासन ” मात्र दिएर पठायो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: